लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हुँदैछ –डा. कोइराला

विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भइरहेको वताएका छन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजित रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा वोल्दै सरकारले आफुले गरेको निर्णयका कारण राजावादीलाई चलखेल गर्ने अवसर भएकोे वताए । उनले लोकतन्त्र वलियो वनाउन सरकार प्रतिवद्ध हुनुपर्ने समेत वताए । नेता कोइरालाले… Continue reading लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हुँदैछ –डा. कोइराला

गुट र गिरोहले कांग्रेस इतिहासकै कमजोर – डा.कोइराला

फाइल तस्वीर

विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टी भित्र संस्थागत हुँदै गएको गुट÷उपगुट र गिरोहले कांग्रेस इतिहासकै कमजोर पार्टी बन्दै गएको टिप्पणी गरेका छन् । पार्टी भित्र द्धन्द्ध छ , यो कसैलाई छुपाईरहनु पर्दैन, डा.कोइरालाले कार्यकर्तालाई खुलासा पार्दै भने , यो द्धन्द्धको अन्त्य नभएसम्म पार्टी र लोकतन्त्रनै कमजोर भएर जान्छ । गुट भित्रको लडाईलाई… Continue reading गुट र गिरोहले कांग्रेस इतिहासकै कमजोर – डा.कोइराला

नक्कली प्रशीक्षार्थी पक्राउ

रंगेली / मोरङको रङ्गेली नगरपालिका– ६ स्थित श्री पब्लिक माध्यमिक बिद्यालयमा सञ्चालन भई रहेको एईई पुरक परिक्षाबाट एक जना नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । आजदेखि सुरु भएको एईईको पुरक परीक्षामा गणित विषयको परीक्षा दिने क्रममा सुनवर्सी नगरपालिका– ८ को २१ वर्षिय मुन्ना मण्डल पक्राउ परको हुन् । सिम्बल नम्बर ०८१३४३६‘जेढ’ को कुमोदप्रसाद गनगाईको अनिबार्य… Continue reading नक्कली प्रशीक्षार्थी पक्राउ

विराटनगरमा निस्कने रथयात्राको तयारी तिव्र

रथयात्राको तयारीबारे जानकारी गराउँदै रथ यात्रा समारोह समितिका अध्यक्ष बावुराजा ओझा । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा निस्कने ऐतिहासिक ५२ औं राधाकृष्ण रथयात्राको तयारी आयोजक समितले तिव्र बनाएको छ । आउँदो शनिबार विराटनगर – १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट पूजापाठ गरि निस्कने रथयात्राको तयारी तिव्र रुपमा भएको आयोजक समितिले आज पत्रकार सम्मेलन गरि जानकारी गारएको हो । वि.स. १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको… Continue reading विराटनगरमा निस्कने रथयात्राको तयारी तिव्र

पूर्वाञ्चल विश्वविद्यालय ब्यवस्थापन संकायका डिनमा थपलिया

विराटनगर /पूर्वाञ्चल विश्वविद्यालय ब्यवस्थापन संकायका डिनमा विजुकुमार थपलिया नियुक्त भएका छन् । प्रा.डा .खगेन्द्र आचार्यको कार्यकाल सकिएको दुई महिना पछि सो पदमा विश्वविद्यालय भित्रकै पूर्णकालिन शिक्षक प्रा.डा. थपलिया नियुक्त भएका हुन् । हाल पूर्वाञ्चल मेनेजमेन्ट कलेजका क्याम्पस प्रमुख रहेका प्रा.डा. थपलिया विगत २० वर्षदेखि तत्कालीन ब्यवस्थापन क्याम्पस र हाल पुसोम कलेजमा कार्यरत रहेका छन् ।… Continue reading पूर्वाञ्चल विश्वविद्यालय ब्यवस्थापन संकायका डिनमा थपलिया

विश्वविद्यालयबाटै उपकुलपति नियुक्ती गर्न माग

विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति विश्वविद्यालय भित्रैबाट नियुक्ती गर्न माग गरिएको छ । विश्वविद्यालयका प्राध्यापकहरु मध्येबाटै उपकुलपति, रजिष्ट्रार जस्ता पदहरुमा नियुक्ती भई विश्वविद्यालय व्यवस्थित, मर्यादित र पारदर्शी रुपमा सञ्चालन भईसकेको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति सभापति डा.सन्देशदास श्रेष्ठ र पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समिति सभापति राजकुमार सापकोटाले आज संयुक्त विज्ञप्ती जारी गर्दै… Continue reading विश्वविद्यालयबाटै उपकुलपति नियुक्ती गर्न माग

आफ्नै साथीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर दुई घण्टा निर्घात कुटपिट

विराटनगर / मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका एक किशोरलाई गाउँकै युवाहरुले अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन् । मोबाइल चोरीको आरोप लगाउँदै १७ वर्षीय मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ पठियाटोलका मियाँलाई सोही ठाउँका चार जनाले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको पीडितले बताएका… Continue reading आफ्नै साथीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर दुई घण्टा निर्घात कुटपिट

आफन्त सम्पर्क विहीन भएपछि विरामीको विचल्ली

विराटनगर / उपचार गराउन विरामी लिएर आएका आफान्त सम्पर्कविहीन भएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा एक जना विरामी विचल्लीमा परेकी छन् । धरान नगरपालिस्थित नगरकोट वस्तिकी ४० वर्षीय मनु राइलाई अस्पतालमा रेखदेख गर्न आएका कुरुवा अचानक वेपता भएपछि उनी विचच्लीमा परेकी हुन् । धरान स्थिीत वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि थप उपचारको लागि गोल्डेन अस्पतालमा राइलाई… Continue reading आफन्त सम्पर्क विहीन भएपछि विरामीको विचल्ली

एईई उत्तिर्ण हुने १४ विद्यार्थी पुरस्कृत

विराटनगर / मोरङको सुन्दरहरैचास्थित लाटिझोडा साझेदारी वन व्यवस्थापन समूहले एसईईमा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने १४ जना विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको छ । वन व्यवस्थापन समूहले मोरङको सुन्दरहैरचास्थित गछियामा एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो । वन व्यवस्थापन समूहले मोरङको सुन्दरहरैचा नगरपालिका र बुढीगंगा गाउँपालिकामा रहेको सामुदायिक विद्यालयबाट एइइ उत्तिर्ण गरेका १४ जना… Continue reading एईई उत्तिर्ण हुने १४ विद्यार्थी पुरस्कृत

प्याव्सन मोरङले विभिन्न ५ वटा कार्यक्रम गर्ने

विराटनगर / मोरङ प्याव्सन मोरङ मोरङ स्तरीय विभिन्न ५ वटा कार्यक्रम गर्ने भएको छ । भदौ ५ गतेदेखि शूरु हुने प्रतियोगिता भदौ २९ गतेसम्म सञ्चालन हुने प्याब्सन मोरङले जनाएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन मोरङले हिज्जे प्रतियोगिता ,वक्तित्वकला, चित्रकला, सिंगिङ र नृत्यकला कार्यक्रम गर्न लगेको प्याब्सन मोरङका सचिव प्रेमलालसिंह सुवालले जानकारी… Continue reading प्याव्सन मोरङले विभिन्न ५ वटा कार्यक्रम गर्ने

कारमा लुकाएर लैजादै गरेको लागुऔषधसहित धरानबाट २ जना पक्राउ

धरान / सुनसरीको धरान उपमहानगरपालिका ८ तीनकुनेबाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरीबाट धरानतर्फ आउदै गरेको को २ च १०२१ नम्बरको कारलाइ चेक जाँच गर्ने क्रममा धरान १५ का ३९ वर्षिय रुभिन श्रेष्ठ धरान २… Continue reading कारमा लुकाएर लैजादै गरेको लागुऔषधसहित धरानबाट २ जना पक्राउ

६ विद्यार्थी सगठनको चेतावनी

विराटनगर / विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसले आधा दर्जन विद्यार्थी संगठनले राखेको विभिन्न माग २४ घण्टा भित्र पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतवनी दिएका छन् । ६ वटा विद्यार्थी संगठनले ऋँज् एक विज्ञाप्ती जारी गर्दै यस्तो चेतवनी दिएका हुन् । उनीहरूले विभिन्न ११ वटा माग राखेका छन् । उनीहरूले क्याम्पसको प्राइभेट कार्यक्रममा दिइने छात्रवृती १० प्रतिशत… Continue reading ६ विद्यार्थी सगठनको चेतावनी

विराटनगरमा सम्पन्न भएको गाइजात्रामा अमेरिकल राष्ट्रपती डोनाल्ड ट्रमको नक्कल गर्दै हास्यकलाकार मनोज गजुरेल साथमा काउली बुढी । तस्वीर : पुष्पराज थपलिया

विराटनगरमा सम्पन्न भएको गाइजात्रामा अमेरिकल राष्ट्रपती डोनाल्ड ट्रमको नक्कल गर्दै हास्यकलाकार मनोज गजुरेल साथमा काउली बुढी । तस्वीर : पुष्पराज थपलिया

गाइजात्रामा चर्चित कलाकार, हासोले गुन्जयमान सभा गृह्(फोटो फिचर)

विराटनगरमा सम्पन्न भएको गाइजात्रामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा नक्कल गर्दै हास्यकलाकार मनोज गजुरेल साथमा अन्य कलाकार । तस्वीर: पुष्पराज थपलिया

विराटनगर / विराटनगरस्थित सभा गृह हलमा शनिबार साँझ चर्चित हास्यकलारहरूको उपस्थीतिमा भएको ‘प्रदेश प्रदेशमा गाइजात्रा’ कार्यक्रममा छुटै मनोञ्जन प्रदान गरेको छ । एउटै मञ्चमा चर्चित हास्यकालहरुको प्रस्तुतीले सहभागीहरुको पेटमिची मिचि हासोले सभा गृह्को हलनै गुन्जयमान बन्यो । राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले ‘प्रदेश प्रदेशमा गाई जात्रा’ कार्यक्रम प्रदेश १ को… Continue reading गाइजात्रामा चर्चित कलाकार, हासोले गुन्जयमान सभा गृह्(फोटो फिचर)

सुन गोहोरोसहित एक पक्राउ

विराटनगर / इलाका प्रहरी कार्यालय रंगेलीले १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित डाइनिया–सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडिबाट चेक जाँच गर्ने पक्राउ परेका व्यक्तिसँग १२ वटा सुन गोहोरो फेला परेको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाल रहेका छन् ।… Continue reading सुन गोहोरोसहित एक पक्राउ

पानीमा डुबेर एकै दिन चार जानको मृत्यु

विराटनगर / प्रदेश १ को विभिन्न जिल्लाहरुमा शनिबार मात्र पानीमा डुबेर ४ जनाको मृत्यु भयो भने १ जना घाईते भएका छन् । उन उपचार विराटनगरमा भइरहेको छ । पानीमा डुबेर मृत्यु हुने एक नावलक, एक बालक र २ जना युवा रहेका छन् । एकै दिन पानीमा डुवेर मृत्यु हुनेहरू २ जना सुनसरी र १÷१ जना… Continue reading पानीमा डुबेर एकै दिन चार जानको मृत्यु

गाँजा सहित १ जना पक्राउ

झापा/ झापाको शिवसताक्षी नगरपालिका १० दोमुखाबाट गाँजासहित एक जना पक्राउ परेका छन् , विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले ५४ बर्षीय तिर्थराज दाहाललाई २ केजी ७ सय ग्राम लागुऔषध निजकै घरबाट पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ… Continue reading गाँजा सहित १ जना पक्राउ

ईमानको केन्द्रीय कार्यालय उद्घाटन

विराटनगर / नेपालमा उत्पादित पाठ्यपुस्तकहरुको बजार ब्यबस्थापकहरुको संगठन नेपाल शैक्षिक बजार ब्यबस्थापन संघ, नेपाल (इमान)को केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । आज विराटनगरमा उक्त कार्यालयको उद्घाटन इमानका केन्द्रीय सल्लाहकार खगेन्द्र कट्टेलले गरेका हुन । विराटनगर ९ नमस्कार होटलको पश्चिमपट्टी कार्यालय रहेको बरिष्ठ उपाध्यक्ष माधब खतिवडाले बताए । देश भरी बजार ब्यबस्थापनमा कार्यरत ३२५ जना ब्यबस्थापकहरु… Continue reading ईमानको केन्द्रीय कार्यालय उद्घाटन

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौं / वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । निमोनियाबाट पीडित रहेकी ७२ वर्षीय अधिकारीको डल्लुस्थित आफ्नै घरमा आज निधन भएको हो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजुलगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि… Continue reading वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

मोरङ व्यापार संघको वृक्षारोपण अभियान शुरु

विराटनगर / पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकता रहेको महशूस गर्दै मोरङ ब्यापार संघले मोरङमा बृक्षारोपण अभियान शुरु गरेको छ । संघको १० हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियान अन्तरगत पहिलो चरणमा शुक्रबार सूर्यदल गण थलाहा व्यारेक कटहरीमा एक हजार बिरुवा बृक्षारोपण गरेको हो । फलफूल तथा अन्य बोट विरुवाहरु वृक्षारोपण गरी आफ्नो अभियानको शुभारम्भ गरेको… Continue reading मोरङ व्यापार संघको वृक्षारोपण अभियान शुरु

गाईजात्रामा हाँस्यव्यंग्य कविगोष्ठी

विराटनगर / गाईजात्राको अवसरमा झिः पुच विराटनगरले हाँस्यव्यंग्य कविगोष्ठी आयोजना गरेको छ । विराटनगर–१० झिः पुच सचिवालयमा आयोजित कार्यक्रममा लावण्य सापकोटा, हरिप्रसाद बराल, मधु पोखरेल, दिङ्लाली कान्छो, चूडामणि नेपाल अकिञ्चन, राधिका गुरागाईं, कविराज पोखरेल, शुभलक्ष्मी लम्साल, हरि कट्टेल, सरिता तुलाधर, राधा भट्टराई, गायत्रीकुमार चापागाईं, अजिता प्रधान, रोमा निरौला, अच्युत खतिवडाले कविता प्रस्तुत गरे । त्यस्तै… Continue reading गाईजात्रामा हाँस्यव्यंग्य कविगोष्ठी

विराटनगरका होटलबाट शंकास्पद रूपमा बसेका ५६ जना प्रहरीको नियन्त्रणमा

विराटनगर /मोरङ प्रहरीले विराटनगरको होटल, लज तथा गेष्टहाउसमा आज दिउँसो छापा मारि ५६ जनालाई नियन्त्रणमा लिएको छ । होटल, लज तथा गेष्टहाउसमा आकस्मिक चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगरका विभिन्न होटल, लज तथा गेष्टहाउसहरूको जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा २७ महिला र २९… Continue reading विराटनगरका होटलबाट शंकास्पद रूपमा बसेका ५६ जना प्रहरीको नियन्त्रणमा

प्रदेश १ फोनिजकोे अध्यक्षमा अर्जुन जम्नेली राई

उदयपुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश १ कमिटीको अध्यक्षमा अर्जुन जम्नेली राईको निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको गाईघाटमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा फिपराज बेघा, भूमिका सुब्बा, महासचिवमा विदुर खवास, सचिवमा सन्देश सुब्बा, अस्परा समाल मगर र कोषाध्यक्षमा सुशान राई चयन भएका छन् । यसैगरी खुल्लातर्फ सदस्यहरूमा वीरबहादुर पापो, राजन साम्पाङ… Continue reading प्रदेश १ फोनिजकोे अध्यक्षमा अर्जुन जम्नेली राई

रवी लामिछानेलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश

काठमाडौं / पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर बिहीवार आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासल बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको हो पत्रकार पुडासैनीले आत्महत्याअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका गर्नका… Continue reading रवी लामिछानेलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश

शनिबार विराटनगरमा गाईजात्रा विशेष हुने

विराटनगर / विराटनगर जेसिज तथा ब्राण्डवर्थ प्रालिको आयोजनामा विराटनगरमा गाईजात्रा विशेष कार्यक्रम हुने भएकोछ । कलाकारहरुले विभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा विशेष कार्यक्रम विराटनगरमा पनि हुन लागेको विराटनगर जेसिजका अध्यक्ष सेवक बजगाईले जानकारी दिए । अध्यक्ष बजगाईका अनुसार शनिबार साँझमा विराटनगरको सभागृहमा हुने गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी(मुलाको साग), रवि डङ्गोल(वैइमान), शिवशङ्कर… Continue reading शनिबार विराटनगरमा गाईजात्रा विशेष हुने

मोडर्न एरा स्कूलमा ग्रिन डे

विराटनगर / विराटनगरको उत्तरी भेग रहेको मोडर्न एरा स्कूलले ग्रिन डे मनाएको छ । आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी हरियो रंगको बारेमा जानकारी ‘दिन ग्रिन डे’ मनाएको हो । ग्रिन डेमा कक्षा पि.जि.देखि कक्षा यू.के.जी.सम्मका विद्यार्थीहरु सहभागि रहेका थिए । ग्रिन डेमा शिक्षक शिक्षीकादेखि विद्यार्थी सवैले हरियो लुगाएका ग्रिन डे मनाएको स्कूल अध्यक्ष इन्द्र… Continue reading मोडर्न एरा स्कूलमा ग्रिन डे

ठेट चलचित्र ‘पुरानो बुलेट’ अब अमेरिकमा

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको ठेट नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । भीषण राईले निर्देशन गरेको चलचित्र ‘पुरानो बुलेट’मा नायक अनुपक्रिम शाही मुख्य लिड रोलमा छन् भने उनलाई वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । यस्तै अन्य कलाकारहरुमा चर्चित व्याण्ड द एक्सका भोकलिष्ट शिव मुखिया, कविता… Continue reading ठेट चलचित्र ‘पुरानो बुलेट’ अब अमेरिकमा

पत्रकार दासको मैथिली माषाको गित सार्वजनिक

विराटनगर / पत्रकारिता क्षेत्रमा नाम कमाएका पत्रकार एवम प्रशिक्षक सोनुकुमार दासको मैथिली गित युट्यूब मार्फत सार्वजनिक भएको छ । ‘सौगात कृएसन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । गायक सोनुकुमार दासको सुमधुर स्वरमा सजिएको उक्त गीतमा विशाल देवल र मोडेल पुनमले साथ दिएकी छिन् । उक्त गित युनाइटेड रेकर्डिङ… Continue reading पत्रकार दासको मैथिली माषाको गित सार्वजनिक

विराटनगरको मेरिल्याण्ड कलेजमा विविएम कोर्ष गरिरहेका विद्यार्थी थाइल्याण्ड जादै

विराटनगर / पूर्व मै पहिलोपटक वेलायतको विश्वविद्यालयसँग सहकार्य गरि सञ्चालनमा आएको विराटनगरको मेरिल्याण्ड कलेजका विविएम कोर्षका विद्यार्थीले वैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् । विराटनगरको भृकुटी मार्ग स्थित कलेजले गत ५ वर्षदेखि हरेक वर्ष कलेजका विद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटन र थाइल्याण्डको छात्रवृत्ति दिने गरेको छ ।… Continue reading विराटनगरको मेरिल्याण्ड कलेजमा विविएम कोर्ष गरिरहेका विद्यार्थी थाइल्याण्ड जादै

श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवनदेवी यादवको मृत्यु भएको छ । मंगलवार बिहान घरायशी वादविवादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा विराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ… Continue reading श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

जनताको चाहना र देशको आवश्यकताले पार्टी एकता ः नेता बस्नेत

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले दुई ठुला कम्युनिष्ट पार्टीहरुको एकता जनताको चाहना र आवश्यकताले भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगरकमिटिको सपथग्रहण समारोहलाई आज सम्बोधन गर्दै नेता बस्नेतले जनताले विकास र समृद्धि चाहेर दुई पार्टीलाई एक गराएको दावी गरे । उनले राजनितिक आन्दोलन अब देशमा समाप्त… Continue reading जनताको चाहना र देशको आवश्यकताले पार्टी एकता ः नेता बस्नेत

महानगरले जिम्मा लियो बेवारिसे विरामीको उपचार सुरु

विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालमा एक साता अघि आएका एक बेवारिसे युवाको उपचार सुरु भएको छ । देब्रे खुट्टामा घाउ बोकेर ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडि वेवारिसे अवस्थामा थिए । उपचारको लागि याचना गरेको एक साता वित्न लाग्दा पनि उनको उपचार नभएको विभिन्न संचार माध्यममा आएपछि जिल्ला… Continue reading महानगरले जिम्मा लियो बेवारिसे विरामीको उपचार सुरु

सापसुटरसहित तीन जना पूर्पक्षका लागि थुनामा

फाइल तस्वीर

विराटनगर / भारतीय ‘सापसुटर’ १९ वर्षिय कुनालकुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालशले विराटनगर – ८ धरमबाध रोडका ३१ वर्षिय मन्नुकुमार गुप्ता, सर्हाली गोडैता नगरपालिकाका ५० वर्षिय हरिनारायाण झालाई पूर्पक्षका लागि सोमबार थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि तीन जना… Continue reading सापसुटरसहित तीन जना पूर्पक्षका लागि थुनामा

विराटनगरको रानीमा साउने सोमबारका दिन यस्तो भिड देखियो

विराटनगर / आज साउन महिनाको चौथो तथा अन्तिम सोमबार । देशभरका शिवालयका साथै विराटनगर नगरक्षेत्रका मन्दिर तथा तलाउहरुमा विहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको देखिन्थ्यो । देशैभरका विभिन्न शिव मन्दिरहरुमा जल चढाई शिव भगवानको पूजा अर्चना गरी साउन महिनाको अन्तिम सोमबारको वर्त बसी आजदेखि सोमबारे वर्त समापन भएको छ । विराटनगर १५ मा रहेको रहेको श्री… Continue reading विराटनगरको रानीमा साउने सोमबारका दिन यस्तो भिड देखियो

पञ्चेश्वर नाथ तथा वीर भद्रेश्वर महादेव मन्दिरमा जलार्पण

रगेली / श्रावणको अन्तिम सोमबार रगेली स्थित रहेको श्री पञ्चेश्वर नाथ तथा वीर भद्रेश्वर महादेव मन्दिरमा दक्षिणी पूर्वी मोरङका सयौ भक्तजनहरुले जलार्पण गरेका छन् । सुनबर्षि नगरपालिकाको झपडतल स्थितिमा रहेको नुना बक्राहा खोलाबाट जल उठाई ८ किलोमिटर पैदल यात्रा गरि रगेली स्थित महादेबका शिबालयमा जलार्पण गर्ने प्रचलन रहेको श्रावण महोत्सब समितिका दिलिप मण्डलले बताए ।… Continue reading पञ्चेश्वर नाथ तथा वीर भद्रेश्वर महादेव मन्दिरमा जलार्पण

किशोरी अपरणकोे आरोपमा रंगेलीबाट एक महिला पक्राउ

केशव न्यौपाने रगेली / मोरङको सुनबषि नगरपालिकाबाट एक किशोरीलाई अपहरण गर्ने महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत फागुन २ गते राति अपहरणमा परेकी सुनबर्षि नगरपालिकाकी एक किशोरी अपहरणमा अपहरणमा संलग्न भएको आरोपमा ३६ वर्षकी गिता ऋषिदेबलाई सार्वजनिक गरेको हो । सुनबर्षि नगरपालिकाकी १५ वर्षकी किशोरी राती २ बजे घरबाटै अपहरणमा परेकी… Continue reading किशोरी अपरणकोे आरोपमा रंगेलीबाट एक महिला पक्राउ

ईलाका प्रहरी कार्यालय रानीको भवन शिलान्याश

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालले भवनको शिलान्याश गरे । पुरानो भवन जिर्ण भई दैनिक काम कारवाहीमा कठिनाई भएको अवस्थामा प्रहरी प्रधान कार्यालयले युएनओपिएसको सहयोगमा ५ कठ्ठा १० धुर क्षेत्रफलमा, ७… Continue reading ईलाका प्रहरी कार्यालय रानीको भवन शिलान्याश

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा बम विस्फोट

विर्तामोड / झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । विर्तामोड–९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित तीनवटै वडाको कार्यालय रहेको संयुक्त वडा कार्यालय भवन बाहिर आज बिहान साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको झापा प्रहरीले जनाएको छ । विष्फोटबाट वडा कार्यालयमा सामान्य क्षति… Continue reading विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा बम विस्फोट

बास्केवलको उपाधि विराटनगरको सगरमाथा स्कूललाई

विराटनगर / विराटनगर बास्केवल एकेडेमीले आयोजना गरेको ‘यु – १८ थ्री वाई थ्री’ एक दिने बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको सगरमाथा स्कूलले आत पारेको छ । बास्केटबल खेललाई ग्राँसरुटबाट अगाडी बढाउनको लागी आयोजना गरिएको ‘यु – १८ थ्री वाई थ्री’ एक दिने बास्केटबल प्रतियोगिताको उपाधि सगरमाथाले हात पारेको हो । त्यसैगरी उपविजेता विराट चोकको ब्राईट फ्यूचर… Continue reading बास्केवलको उपाधि विराटनगरको सगरमाथा स्कूललाई

भोजन उपलब्ध गराउने दातालाई सम्मान

विराटनगर / श्रीकृष्ण प्रणामी यूवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले शुद्ध साहकारी भोजन दुई वर्षदेखि उपलब्ध गराउने दाताहरूलाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । प्रणामी युवा परिषदले लामो समयदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेजलगायतका गएर विरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराउँदै आएको थियो । दुई वर्षदेखि विरामी,… Continue reading भोजन उपलब्ध गराउने दातालाई सम्मान

एक सातामा आधा दर्जन सवारी नियन्त्रणमा

विराटनगर / प्रहरीले चार दिनको अवधिमा मोरङको विभिन्न खोलाबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा आधा दर्जन सवारी साधरन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले टोलीले आइतबार अवैध उत्खनन गरि टुङ्गा र बालुवा लैजाने चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । केराबारी गापा ७ हुरहुरे खोलामा प्रहरी गस्ती टोलीले अबैध रुपमा ढुङ्गा… Continue reading एक सातामा आधा दर्जन सवारी नियन्त्रणमा

लागु औषधविरुद्ध ग्रिनल्याण्डको सडक नाटक

विराटनगर / सगरमाथा टिन्स क्लब ग्रिनल्याण्डका विद्यार्थीले विराटनगरमा लागु औषधविरुद्ध आज सडक नाटक प्रदर्शन गरेका छन् । वर्तमान समाजका युवा पुस्ता लागु पदार्थको दुर्वेशनमा फस्दै गई आफ्नै भविष्य अन्धकार बनाई रहेका वेल ाग्रिनल्याण्ड कलेजका विद्यार्थीहरुले “म अघि बढ्छु” भन्ने प्रदेश सरकारको कार्यक्रम अन्तरगत सडक नाटक प्रदर्शन गरिएको सगरमाथा टिन्स क्लब ग्रिनल्याण्डका शिक्षक नायक दिनेश दाहालले… Continue reading लागु औषधविरुद्ध ग्रिनल्याण्डको सडक नाटक

बलात्कार घटनामा मिलापत्र गराउने पक्राउ

रंगेली / बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउने मोरङको रंगेलीका सात जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको समचार आजको उद्घोष दैनिकले छापेको छ । एक किशोरीलाई सामूहिक बलात्कार गर्नेको पक्षमा रहेका गाउँलेले क्षतिपूर्ति बापत रकम दिलाउने शर्तमा मिलापत्र गराएका थिए । रंगेली–९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र गराउनेहरू अभिनव बजगाई, दिलिम मुर्मू, सुभाष राजवंशी, रामबहादुर… Continue reading बलात्कार घटनामा मिलापत्र गराउने पक्राउ

वैशाखभित्रै बजेट खर्च सक्छौं

, विराटनगर / आर्थिक बर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटीका कारण निरासाजनक खर्च प्रगति व्यहोर्नु परेको र संचालित योजनाको गुणस्तरसमेत कायम नभएको भन्दै मोरङका १७ वटै स्थानीय तहले आर्थिक बर्ष सकिन दुई महिना अगावै बजेट खर्च गर्ने प्रतिवद्धता जनाएको समाचार आजको उद्घोष दैनिकमा बाबुराम भण्डारीले लेखेका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसहित… Continue reading वैशाखभित्रै बजेट खर्च सक्छौं

क्रिकेट पिच बनाउँदा भएको अनियमितताको छानविन गर्न संसदको माग

विराटनगर / विराटनगर– १९ स्थीत बैजनाथपुर क्षेत्रीय रङ्गशालामा अन्तराष्ट्रिय स्तरको क्रिकेट पिच बनाउँदा लाखौँको अनियमितता भएको भन्दै छानबिन गर्न सांसदहरुले माग गरेका छन् । रङ्गशाला निर्माणमा अनियमितता भएको विषयमा संचारमाध्यमहरूमा समाचार प्रकाशित भएपछि शुक्रबार बसेको १ नम्बर प्रदेश सभाको बैठकमा संसदहरूले यस्तो माग गरेका हुन् । प्रदेशसभा बैठकको शुन्य समयमा प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद… Continue reading क्रिकेट पिच बनाउँदा भएको अनियमितताको छानविन गर्न संसदको माग

लिटल आइकनको पहिलो अडिसनमा उत्साह जनक सहभागि

विराटनगर / तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन’ प्रतियोगिताको पहिलो अडिसनमा उत्साहजनक प्रतियोगिहरूको सहभागितापछि दोस्रो अडिसन पनि हुने भएको छ । उक्त प्रतियोगिताको दोस्रो अडिसन भोली शनिबार विराटनगरस्थित होटल सुभामा हुने भएको छ । भाइरल डान्स स्टूडियोको आयोजनामा विराटनगर लिटल आइकन हुन लागेको हो । स्कूल अध्ययरत बालवालिकाहरूको नेतृत्व विकास गराउनुको साथै उनीहरूमा भएको प्रतिभा उजागर… Continue reading लिटल आइकनको पहिलो अडिसनमा उत्साह जनक सहभागि

‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

विराटनगर / कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुपमा समयको हुरी पाठकमाझ आएको छ । कविताको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले… Continue reading ‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

भौतिक विकाससँगै मानवीय विकास पनि उत्तिकै आवश्यक छ : मन्त्री घिमिरे

फाइल तस्वीर

विराटनगर / प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भौतिक पूर्वाधार मात्र विकास र समृद्धिको आधार नभई मानवीय पक्षको विकास पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । प्याब्सन विराटनगरले आज विराटनगरमा आयोजना गरेको प्याब्सन आँगनको फाइनल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् । उनले बाटोघाटो, पुलपुलेसालगायतका भौतिक निर्माणले मात्र देश समृद्ध नहुने बताए… Continue reading भौतिक विकाससँगै मानवीय विकास पनि उत्तिकै आवश्यक छ : मन्त्री घिमिरे

‘प्याब्सन आँगन’को गायनमा एभरेष्टकी सिरिष्मा, नृत्यमा सगरमाथाका निशान प्रथम

प्याब्सन आँगनका विजेतालगायतले सामुहिक तस्वीर खिचाउँदै । तस्वीर :पुष्पराज थपलिया

विराटनगर / ‘प्याब्सन आँगन’ अन्तरगतको गायन प्रतियोगितामा विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र नृत्यमा सगरमाथा स्कूलका निशान राई प्रथम भएका छन् । विराटनगरको सभासृह हलमा आज सम्पन्न भएको प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९÷९ जना प्रतियोगिहरूलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँको साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।… Continue reading ‘प्याब्सन आँगन’को गायनमा एभरेष्टकी सिरिष्मा, नृत्यमा सगरमाथाका निशान प्रथम

छोराको कुटपिटबाट बाबुको मृत्यु

झापा /झापाको कमल गाउँपालिका १ का ७० बर्षिय सुर्यबहादुर थापालाई आफ्नै ३१ छोरा प्रकाश थापाले चिर्पटले हिर्काउँदा मृत्यु भएको छ । आज बिहान सवा ७ बजे घरायशी कारणले बादीववाद हुँदा छोराले बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा बाबुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी चौकी तोपगाछीको प्रहरी टोलीले… Continue reading छोराको कुटपिटबाट बाबुको मृत्यु