पूर्वाञ्चल खबर

देशैभरका विभिन्न शिव मन्दिरहरुमा जल चढाई शिव भगवानको पूजा अर्चना गरी साउन महिनाको अन्तिम सोमबारको वर्त बसी आजदेखि सोमबारे वर्त समापन भएको छ ।
विराटनगर १५ मा रहेको रहेको श्री नर्मदेश्वर मन्दिरमा स्थानिय युवाहरुको पहलमा गत वर्षदेखि मन्दिरमा फरक तरिकाले मनाउन सुरु गएिको बोलबम यात्रा समितिका संयोजक सुरेन्द्र बरालले बताए । यो प्रचण्ड गर्मीमा पनि हजारौ श्रदालु भक्तजनहरुले मन्दिरदेखि करिब ३ किलोमिटर टाढा रहेको केशलीया नदिबाट जल ल्याई मन्दिरमा रहेको शिव भगवानलाई जल चढाएको बरालले बताए ।
वोल वम यात्रामा विराटनगरको रघुपति, बर्माटोल, नयावस्ती , दरैयावस्ती, दक्षिणगेटका श्रदालु भत्तजनहरुको बाक्लो उपस्थित रहेको थियो । साथै वोमवम यात्रामा धर्मगुरु आचार्य श्रीनिवास समेत उपस्थित रहेका थिए ।
भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको धर्म गुरु श्रीनिवास आर्चयले बताए । साथै पछिल्लो समय धर्म प्रति आस्था हुनेले स्थानिय ठाँउमा रहेका मठ मन्दिरमा गएर पनि गएर धर्म प्रति आफ्नो आस्था जगााउन सकिने बताए र यसले गर्दा धार्मिक पर्यटकीय स्थलका लागी ठूलो मदत मिल्ने श्रीनिवासको भनाई छ ।
वोलवम यात्रामा सबै श्रदालु भक्तजनहरु वोलवमको वस्त्र सहित नेपाली झण्डा बोकेर जल लिन नदिमा पुगेका थिए । केशलीया नदीमा पुगेर पुजापाठ गरि जल ल्याएर पुनः मन्दिरमा जल अर्पण गरेका थिए ।