पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित सभा गृह हलमा शनिबार साँझ चर्चित हास्यकलारहरूको उपस्थीतिमा भएको ‘प्रदेश प्रदेशमा गाइजात्रा’ कार्यक्रममा छुटै मनोञ्जन प्रदान गरेको छ ।

एउटै मञ्चमा चर्चित हास्यकालहरुको प्रस्तुतीले सहभागीहरुको पेटमिची मिचि हासोले सभा गृह्को हलनै गुन्जयमान बन्यो । राजनीतिक तथा सामाजिक
व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले ‘प्रदेश प्रदेशमा गाई जात्रा’ कार्यक्रम प्रदेश १ को राजधानी भएको शहर विराटनगरबाट आरम्भ भएको हो । यो गाइजात्रा सात वटै प्रदेशमा मञ्चन हुनेछ ।

विराटनगर जेसीजको सहकार्यमा विराटनगरमा भएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ मा कलाकलाहरुले विराटनगरबासीलाई पेट मिचि मिचि हसाएका थिए ।


कार्यक्रममा प्रदेश एकका मुख्य मन्त्री शेरधन राई , सामाजिक विकास मन्त्री जिवन घिमिरेलगायतको उपस्थित रहेको थियो ।


विरेन्द्रसभागृको हल खचाखच भरीएका दर्शकहरु कलाकारहरुको व्याङगत्यमक प्रस्तुतीले उपस्थित हजारौ दर्शकले भरपुर मनोरन्जन लिएका थिए । गाइर्् जात्रामा चर्चित हास्यकलाकार मनोज गजुरेलसँगै शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी(मुलाको साग), रवि डङ्गोल(वेइमान), यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल(जोगिन्दर पानवाला) , सुवोध गौतम(एकदम्मै), सन्ध्या बुढा(काउली बुढी), सुमन कार्की, रविना अधिकारीले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।


तस्वीरहरु पुष्पराज थपलिया