रेडक्रसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७८, शुक्रबार १६:१९

विराटनगर / प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० हजार थान मन्त्री राईलाई हस्तान्तरण गरेको छ । मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिइन् ।

यसैवीच आईपास नेपालले स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री राईलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारलाई आईपासले उपलब्ध गराएको स्वास्थ्य सामाग्री एवीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङकी प्रतिनिधि विष्णु पन्त शर्माले हस्तान्तरण गरिन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, स्यानिटाईजर रहेको छ । १ लाख १८ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शर्माले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५