RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेज स्कुलमा वार्षिक पुरस्कार वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०८०, बिहीबार १६:०९
171
Shares
विराटनगर / विराटनगर–५ मा रहेको किड्स भिलेज स्कुलमा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नृत्य, गायन, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गर्दै वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

यस्ता कार्यक्रमहरूले विद्यार्थीहरु एकआपस बीचमा प्रतिस्पर्धाको भावना अभिवृद्धि गरी भविष्यमा उनीहरूलाई प्रतिष्पर्धी हुन सिकाउने स्कुलका प्रवन्धक निर्देशक पंकज जैनले बताए ।

स्कुलका प्रत्येक विद्यार्थीले कुनै न कुनै विधाबाट उत्कृष्ट भएका हुँदा मेडल, ट्रफी तथा प्रमाणपत्रको पुरस्कृत गरिएको स्कुलले जनाएको छ । पढाई संगसंगै शारीरिक तथा मानसिक विकासको लागि यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई उत्प्रेरित गरी पुन ःपढाईमा केन्द्रित हुन सहयोग र्पुयाउने स्कुलकी सञ्चालिका निरु पौडेलले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर