AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्रोत नखुलेको करिब २७ लाखसहित विराटनगर विमानस्थलबाट भारतीय नागरिकसहत दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०८३, आईतवार ०७:२४
3
Shares
विराटनगर / स्रोत नखुलेको करिब २७ लाखसहित विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका भारतीय नागरिकसहत दुई जना यात्रु पक्राउ परेका छन् ।

उनीहरुलाई स्रोत नखुलेको करिब २७ लाख रूपैयाँसहित पक्राउ परेका हुन् । मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार विराटनगरबाट काठमाडौं उड्न लागेका यात्रुको नियमित जाँचका क्रममा शनिबार दिउँसो करिब ३ः३५ बजेतिर पक्राउ परेको जानकारी दिइन्।

श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज घर भएका ३६ वर्षीय मोहिदिल अलीलाई नियन्त्रणमा लिइएको उनले बताइन् । अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले शुक्रबार राति ८ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङलाई पक्राउ गरेको छ । बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला नियमित सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

तामाङको साथबाट नेपाली ११ लाख रुपैयाँ बरामद भएको डीएसपी चुँडालले बताइन् । उनका अनुसार दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ फेला परेको छ ।

विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका यात्रुबाट स्रोत नखुलेको ठूलो रकम फेला परेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरुको साथबाट फेला परेको नगदको स्रोत खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यति धेरै रकम बोकेर यात्रा गर्दा त्यसको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालमा व्यक्तिगत रूपमा नगद बोक्न पूर्ण रूपमा प्रतिबन्ध भने छैन ।

तर, शंकास्पद रूपमा ठूलो रकम भेटिएमा त्यसको वैध स्रोत प्रमाणित गर्नुपर्छ । विशेषगरी बैंकिङ प्रणालीमार्फत कारोबार गर्न प्रोत्साहन गरिएको अवस्थामा ठूलो रकम नगदमा बोक्दा गैरकानुनी गतिविधिसँग जोडिएको आशंका गरिन्छ ।

राजस्व छली, अवैध कारोबार, हुण्डी, लागुऔषध कारोबार वा अन्य आपराधिक गतिविधिबाट प्राप्त रकम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले यस्ता घटनामा कडाइ गर्ने गरेका छन् । त्यसैले ठूलो रकम बोक्दा त्यसको स्रोत खुलाउने कागजात, बैंक विवरण वा कारोबारसम्बन्धी प्रमाण साथमा राख्नुपर्ने डीएसपी चुँडालको भनाइ छ ।

प्रहरीले दुवै व्यक्तिको आर्थिक गतिविधि, सम्भावित नेटवर्क र रकमको वास्तविक स्रोतका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानबाट मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी चुँडालले दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर