RUMPUM
animated ellipse animated ellipse

विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर छ ः मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७९, आईतवार १९:४१
639
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ ।

महानगरले आजदेखि वडा नम्बर १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर सुरु गरेको हो । स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए । “महानगरवासीको स्वास्थ्यप्रति हामी गम्भीर छौं,” कोइरालाले भने, “महानगरले तपाईंहरूकै घरआँगनमा आएर स्वास्थ्य चेकजाँच सुरु गरेको छ । यसबाट बढीभन्दा बढी लाभ लिन म महानगरवासीलाई आग्रह गर्दछु ।” मेयर कोइरालाले १८ नम्बरबाट सुरु भएको निःशुल्क एकीकृत स्वास्थ्य शिविरलाई महानगरका सबै वडामा पु¥याउने जानकारी गराए ।

उपमेयर शिल्पा निराला कार्कीले दक्षिणी क्षेत्रलाई महानगरले उच्च प्राथमिकता राखेको बताइन् । “एकीकृत स्वास्थ्य शिविर दक्षिणबाटै सुरु हुनुले पनि यस क्षेत्रको विकासका लागि महानगर गम्भीर छ भन्ने पुष्टि हुन्छ,” कार्कीले थपिन्, “यस्ता शिविरबाट रोगको बेलैमा पहिचान हुन्छ र समयमै उपचार गर्दा पछि समस्या हुँदैन ।” प्रमुख प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायतले स्वास्थ्य शिविरबाट रोग लागे नलागेको पहिचान हुने बताएका थिए ।

शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, ईसीजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, सुगर, क्षयरोगका बिरामीहरूको खोजलगायतका सेवाहरू प्रवाह गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, कोशी अस्पताल र नाटाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा शिविरमा ३१९ जनाले सेवा लिएका थिए । जसमध्ये ९८ जना पुरुष र २२१ जना महिलाले स्वास्थ्य सेवा लिएको शिविरका फोकल पर्सनसमेत रहेका स्वास्थ्य अधिकृत भोलानाथ तिम्सिनाले बताए । शिविरमा सबैभन्दा बढी छाला तथा स्त्रीरोगको समस्या भएका बिरामी आएको अलीले उल्लेख गरे । उनका अनुसार स्वास्थ्य समस्या देखिएकाहरूको कोशी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

त्यस्तै आइतबार नै महानगरले वडा नम्बर ६ मा सुनौला हजार दिनका आमाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी परिवार नियोजनको कार्यालयमा स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्डको बारेमा वडाध्यक्षहरूसहित १९ वटै वडा स्वास्थ्य संस्थाका प्रमुखहरूका लागिसमेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको अलीले जानकारी दिए । महानगरकै आयोजनामा परिवार नियोजनमै स्वास्थ्यकर्मीहरूलाई बहुक्षेत्रीय पोषणका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार विराटनगर–१७ को आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिने फोकल पर्सन तिम्सिना बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार