विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँछौं – विनोद ढकाल

खबर पूर्वाञ्चल, १६ कार्तिक २०७९, बुधबार १७:११
198
Shares
विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उमेदवार विनोद ढकालले सुकुबासी र विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउने बताएका छन् ।

चुनावी अभियानमा सो क्षेत्रका मतदातालाई भेट्दै ढकालले सुकुबासी मुसहर, बाँतरलगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्षभित्रमा आफ्नै घरको मालिक बनाउने बताएका हुन् । उनले भने ‘विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउन र फुसको छानो विस्थापित गरेर टिनको छानो लगाउन विशेष आवास योजना ल्याउछौँ ।’ सदियौंदेखि बसोबास गर्दै आएपनि विपन्न समुदायलाई राज्यले उपेक्षा गरेको भन्दै ढकालले विपन्नका समस्या समाधान आफ्नो मुख्य काम भएको बताए ।

विपन्नको जीवनस्तर उकास्न कृषिलाई आधुनिकीकरण र यन्त्रीकरण गर्ने, कटहरीमा रहेको कृषि बजारलाई व्यवस्थित गर्ने र आवश्यकताअनुसार ग्रामीण कृषि बजारको स्थापना गर्ने र युवालाई रोजगारीसँग जोड्ने आफ्नो योजना रहेको ढकालको भनाइ छ ।

उनले यस क्षेत्रका नागरिकले गुणस्तरीय शिक्षा पाउनुपर्ने, शिक्षा लिइसकेकाले रोजगारी पाउनुपर्ने र स्वास्थ्यको सुविधा सहज हुनुपर्ने बताए । उनले यस क्षेत्रको खास समस्या पहिचान गर्ने र त्यसको समाधान गर्न सक्ने मानिसलाई मत दिनुपर्ने बताउँदै आफू यस क्षेत्रका समस्या समाधानका लागि योग्य भएको दाबी गरे । विगतमा यस क्षेत्रको प्रतिनिधित्व गर्नेले यहाँका समस्या समाधान गर्न नसकेको भन्दै एकपटक आफूलाई विश्वास गर्न उनको मतदातालाई आग्रह थियो ।

विराटनगरका पाँचवटा वडा, ग्रामथान र कटहरी गाउँपालिका र बेलबारी नगरपालिकाका ३ वटासहित २३ वटा वडा रहेको यस क्षेत्रबाट यस घि माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका थिए । तिनै मोदी गठबन्धनकातर्फबाट ढकालसँंग चुनावी प्रतिष्पर्धामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५