AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लेटाङमा हराएकी बालिका मृत अवस्थामा फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ कार्तिक २०८२, शुक्रबार १७:३२
234
Shares
विराटनगर / मोरङको लेटाङ नगरपालिका–२ की १३ दिनदेखि हराएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन्।

लेटाङ–२ निवासी अंशु गौतमको शव आज चिसाङ साझेदारी वनमा फेला परेको हो।

स्थानीयवासी घाँस काट्न जाने क्रममा वनभित्र बालिकाको शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल सहितको टोली पुगेर अनुसन्धान सुरु गरेको छ।

अंशु करिब १३ दिनअघि असोज २१ गते घरबाट हराएकी थिइन्। परिवारले उनको खोजीका लागि विभिन्न ठाउँमा सूचना समेत दिएका थिए। घटनास्थल वरिपरि सुरक्षा घेराबन्दी गरी अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर