RUMPUM
animated ellipse animated ellipse

लकडाउनका कारण बन्द रहेको बिकास निर्माणका कामले तिब्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ जेष्ठ २०७७, आईतवार १९:००
3
Shares
विराटनगर / लकडाउनका कारण केहि दिन बन्द रहेको बिकास निर्माणका कामले तिब्रता पाएको
छ ।

कोरोना नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन कारण रोकिएका काम प्रदेश र स्थानीय सरकारको समन्वयमा सुरु भएको हो ।

विराटनगर महानपगरपालिकाले पनि लकडाउनको कारण बन्द रहेका विकास निर्माणको काम सुरु गरेको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुली,एडिवि प्रोजेक्टका टिम लिडर इन्जिनियर गिरिस चन्द, कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर रबिन्द्रकुमार ठाकुरलगायतको टोलीले नगरका विभिन्न क्षेत्रमा भएका निर्माणका कामको समेत अनुगमन गरेका छन् ।

एडीवीको सहयोगमा सडक र ढल निर्माणको काम विराटनगरमा भइरहेको छ । बन्दा,बन्दिका कारण केहिदिन काममा अबरोध भए पनि सामाजिक दुरी कायम राख्दै बिकास निर्माणका कामहरु अगाडि बढाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । नगरका १२ स्थानमा सडक विस्तार र ढल निर्माणका काम सुचारु गरिएको छ ।

प्रोजेक्टका कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर ठाकुरले लकडाउनमा बिकास निर्माणका काम गर्न सहज हुने बताए । व्यस्त सडकमा आवात जावतका कारण हुने समस्या लकडाउनको समयमा नहुने र काम गर्न सहज हुने उनको भनाइ छ । मजदुर र काममा खटिने कर्मचारीले सहज रुपमा पास नपाउँदा हुने प्रशासनिक जटिलता भने कायमै रहेको उनले बताए । स्थानीय मजदुरहरुले रोजगारी पाइरहेको भन्दै ठाकुरले सहजताका लागी सवैको भूमिका आबश्यक रहेको बताए ।

विराटनगरका विभिन्न स्थानमा काम भइरहेको छ । कोशी अस्पताल छेउ,देवकोटा चोक ,न्युरो हस्पिटलको बाटो ,शनिमन्दिरको बाटोलगायतका स्थानमा निर्माणका काम भइरहेको एडिवि प्रोजेक्टका टिम लिडर इन्जिनियर चन्दले जानकारी दिए । उनले भइरहेका विकास निर्माण काम गुणस्तरिय बनिरहेको र नमुनाकारुपमा विराटनगर स्थापित हुनेमा आफु बिश्वस्त रहेको बताए ।

क्षेत्रीय विकास परियोजनाका प्रमुख भरत न्यौपानेले विराटनगरका अधिकांश स्थानमा निर्माणका काम सम्पन्न हुने चरणमा पुगेको र लकडाउनका कारण अवरुद्ध बन्न पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. Mahendra chok ko himalaya Road kahile banxa.. Nikai barsa vai sakyo ahile samma baneko xaina… Sambandhit nikayale chado पहल garos

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर