विराटनगरमा १३२ सहित प्रदेश १ मा थपिए १००५ संक्रमित

खबर पूर्वाञ्चल, १६ जेष्ठ २०७८, आईतवार १८:४०

विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरमा १३२ सहित प्रदेश १ मा पछिल्ले २४ घण्टामा १ हजार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा बोहेक सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २ जनामा संक्रमण फेला परेको छ ।्

उता झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३८२ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । आज ३९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुगेको छ । प्रदेश १ माआज २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५