खबर पूर्वाञ्चल
बीपीमा आइतबार राती उपचारको क्रममा झापा मेचीनगरपालिका ८ का ७२ वर्षिय महिला र सुनसरीको इनरुवा नगरपालिका ४ का ४९ वर्षिय पुरूषको आज बिहान मृत्यु भएको हो ।
मेचीनगरकी महिलाको श्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि झापाको कन्काई अस्पतालले बीपीमा रिफर गरेको थियो । उनलाई आइतबार कोरोना सक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
इनरुवाको संक्रमितको बीपिमा भदौ ३० गतेदेखि भर्ना भई उपचार भइरहेको थियो ।असोज १ गते संक्रमण देखिएको उनलाई उच्चा रक्त चाप, मधुमेह, र मृगौलाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।