animated ellipse animated ellipse

मनमोहन प्राविधिक विश्व विद्यालयमा कानुन पढाइ हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ मंसिर २०८१, मंगलवार १८:२२
99
Shares
विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका – ४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन पढाइ आउँदो पुसबाट सुरू हुने भएको छ ।

विश्व विद्यालयले आज पत्रकार सम्मेलन गरी बीबीए एलएलबी र स्नातकोत्तर तहको क्रिमिनल (फौजदारी कानुन) को पढाइ हुने जानकारी गराएका हुन् ।

प्रविधिमैत्री, व्यावहारिक र समय सान्र्दभिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित मनमहोनमा कानुन विषयको पढाइ सुरु हुने तयारी गरिएको उपकुलपति डा. सुवास श्री पोखरेलले बताए । ‘मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक स्कुल अफ एप्लाइड साईन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन ईस्टिच्युट अफ ल’ स्थापना गरेर नयाँ नमूना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह (बीबीए एलएलबी) को पढाई सुरु गर्दैछ । यो पाठ्यक्रम हामीले धेरै विज्ञहरुबाट सुझाव लिएर तयार गरेका छौँ,’ उपकुपति पोखरेलले भने, ‘यसले कानुन, व्यवस्थापन र प्रविधिमा आधारित दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, कानुन व्यावसायीहरूलाई आत्मनिर्भर पनि बनाउँदछ ।’

पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने उनले बताए । कानुन विषय पढनका लागि विद्यार्थीले पाँच वर्षमा मात्र ४ लाख ५० हजार शुल्क रहेको छ । छात्रवृत्तिको व्यवस्था समेत रहेको विश्व विद्यालयले जनाएको छ ।

‘कोशी प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालय भएकोले थप आर्थिक भार परे हामी सरकारसँग समन्वय गर्नेछौँ । हामी योग्य नेपाली प्राध्यापकहरू र आवश्यकता अनुसार विदेशी विज्ञहरु समेतबाट अध्ययन, अध्यापन र अनुसन्धान गराउनेछौं,’ उनले भने, ‘ नेपाल बार काउन्सिलबाट स्विकृत पाठ्यक्रम भएकोले दक्ष र आत्मनिर्भर कानुन व्यावसायी उत्पादन हुनेमा हामी पूर्ण आशावादी छौ ।’२०७६ असोज १६ गतेको प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको हो ।

यस विश्वविद्यालयमा ३ वटा स्कुलहरू रहेको छ । जसमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तथा स्कुल अफ एप्लाइड साईन्स, टेक्नोलोजी सञ्चालन भइरहेका छन् ।

हाल यस विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहको बीई ईन सिभिल इन्जिनियरिङ, बी। इ ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, बी इ ईन इलेक्ट्रीकल इन्जिनियरिङ पढाइ भइरहेको छ । त्यस्तै स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेजतर्फ अस्पताल व्यवस्थापन सम्बन्धीको स्नातकोत्तर तह र औषधी विज्ञानतर्फ स्नातक तहको फार्मेसी कार्यक्रम सञ्चालन भइरहेको छ ।

विश्वविद्यालयलबाट उत्पादित गुणस्तरीय प्राविधिक तथा व्यावसायिक जनशक्तिले कोशी प्रदेशको मात्र नभई समग्र देशको समृद्धि र आर्थिक विकासमा टेवा पुरÞ्याउने र दक्षिण एसियाकै नमूना प्राविधिक विश्वविद्यालय बन्ने बाटो तर्फ अग्रसर हुने विश्वासका साथ यस विश्वविद्यालयले आफ्ना कदमहरू सचेत ढङ्गले अगाडी बढाइरहेको बताएको छ ।

विश्वविद्यालयको भावी दश वर्षे शैक्षिक कार्ययोजना र विभिन्न विषयका पाठ्यक्रमहरू तर्जुमा गरिसकेको छ । पहिलो पाँच वर्षे योजना अन्तर्गत आ।व। २०७८–२०८२ सम्ममा क्रमशः सिभिल इन्जिनियरिङ, इलेक्ट्रीकल इन्जिनियरिङ, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटर÷ सूचना प्रविधि इन्जिनियरिङमा स्नातक तहका कार्यक्रमका साथै बी एस सी ईन फार्मेसी, बी अप्टोमेट्री, बी एस सी नर्सिङ, एम।एस। सी। ईन स्ट्रक्चरल इन्जिनियरिङ, एम एस सी ईन पावर सिस्टम इन्जिनियरिङ, एम एस सी। ईन हस्पिटल एण्ड हेल्थ केयर म्यानेजमेन्ट र एलएलएम इन किमिनल गरी ७ वटा स्नातक तहका र ४ वटा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको छ । यी कार्यक्रमबाट कूल १०२८ जना विद्यार्थीहरू लाभान्वित हुनेछन ।

दोस्रो पाँच वर्षे योजना अन्तर्गत आ।व। २०८३–२०८७ सम्ममा क्रमशः व्याचलर ईन बायोमेडिकल इन्जिनियरिङ, वी इ। ईन मेकानिकल वा अटोमोबाइल इन्जिनियरिङ, आर्किटेक्चर, वी।एस।सी। ईन एग्रीकल्चर÷फरेस्ट्री, बी. एस सी. ईन अप्टोमेट्री, प्राकृक्तिक चिकित्सा एण्ड योगिक साइन्स, ब्याचलर अफ होटल म्यानेज्मेन्ट तथा एम.वि.बि.एस गरी स्नातक तहमा ८ वटा कार्यक्रम, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ, फार्मेसी, वाटर रिसोर्स इन्जिनियरिङ, मलिकुलर बायोलोजी, कम्प्युटर इन्जिनियरिङ र एलएलएम इन बिजनेस एण्ड इन्टरनेसनल ट्रेड गरी ७ वटा विषयमा र विधावारिधी तर्फ स्ट्रक्चरल इन्जिनियरिङ्गर, वाटर रिसोर्स इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, ट्रान्सपोर्टेसन इन्जिनियरिङ, इलेक्ट्रीकल इन्जिनियरिङ, र किमिनल गरी थप ६ वटा विषयमा विधावारिधी सञ्चालन गर्ने लक्ष्य रहेको छ । यी कार्यक्रमहरू सञ्चालनमा आइसकेपछि जम्मा १ हजार ३१५ जना विद्यार्थीहरू लाभान्वित हुने विश्व विद्यालयले जनाएको छ ।

सबै कार्यक्रमहरू सञ्चालन भएपछि कूल २ हजार ३४३ जना विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर