animated ellipse animated ellipse

केसलिया नहरमा ६२ लाख लागतमा बक्स कलभर्ट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ चैत्र २०७७, आईतवार १८:०९
1.37k
Shares
विराटनगर / विराटनगरको केसलिया रोडमा निर्मित कलभर्ट उद्घाटन भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एक कार्यक्रमबीच बक्स कलभर्ट उद्घाटन गरेका हुन् ।
एशियाली विकास बैंकको सहयोगमा महानगरमा संचालित आरयुडीपी परियोजना अन्तर्गत केसलिया नहरमा रु।६२ लाख बजेटमा निर्माण सम्पन्न भएको हो ।
आशिष निर्माण कम्पनीका ईन्जिनियर रविन्द्रकुमार ठाकुरका अनुसार कलभर्ट १२ दशमलव ५ मिटर लम्बाई, ५ दशमलव ५ मिटर चौडाई र उचाई २ दशमलव ८० मिटर उचाईको छ ।

उदघाटन कार्यक्रममा बोल्दै मेयर पराजुलीले विराटनगरमा भित्री सडक निर्माणको अधिकांश काम सम्पन्न भएको बताए ।

पछिल्लो विकास निर्माणले विराटनगरको स्वरुपमा निकै परिवर्तन आएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर