AArya
animated ellipse animated ellipse

विराटनगरमा उपचार गराइरहेका ६ भारतीय कोरोनामुक्त हुँदै आज डिस्चार्ज हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७७, बुधबार ०६:४४
3
Shares
विराटनगर / कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ आज डिस्चार्ज हुने भएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले ६ जनालाई बुधबार विहान ८ वजे डिस्चाजै गरिने भएको छ । वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जना कोरोना संक्रमित मध्ये ६ जनामा स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिने भएको मन्त्री घिमिरेले जानकारी दिए । तीन पटकसम्म उनीहरुको स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टी गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको मन्त्री घिमिरेले बताए ।

डिस्चार्ज गरिने सवै भारतीय नागरिकहरु रहेका छन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । डिस्चार्ज हुने सवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले बताए । डिस्चार्ज हुनेहरुको रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार डिस्चार्ज गरिन लागेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् । डिस्चार्ज हुने सवैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखीने मन्त्री घिमिरेले बताए । क्वारेन्टाईनको स्थलगत निरीक्षण गरिएको उनले बताए । १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखीने तयारी भएको मन्त्री घिमिरेले बताए । कोभिड अस्पतालमा उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर