AArya
RUMPUM
animated ellipse animated ellipse

बालेन साह ससुराली उर्लाबारी आए–गए , समय नदिएको भन्दै कार्यकर्ता असन्तुष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०८२, बुधबार १९:३१
198
Shares
तेजन खड्का
उर्लाबारी /राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन) ससुराली  उर्लाबारी आएर छोटो समयमै फर्किएका छन्।

ससुराली आगमनका क्रममा उनले केही स्थानीय अगुवा तथा सर्वसाधारणसँग भेटघाट गरे पनि अपेक्षाअनुसार समय नदिएको भन्दै स्थानीय कार्यकर्ता र समर्थकहरू असन्तुष्ट देखिएका छन्।

स्थानीय कार्यकर्ताहरूका अनुसार साह उर्लाबारी आएको जानकारी पाएपछि धेरैले भेटघाट र छलफलको अपेक्षा गरेका थिए। तर कार्यक्रम सीमित रहँदा र औपचारिक संवाद नहुँदा कार्यकर्तामा निराशा देखिएको हो। “ससुराली भएको ठाउँमा खुलेर कुरा राख्ने अवसर पाउँछौं भन्ने सोचेका थियौं, तर समय नै मिलेन,” एक स्थानीय कार्यकर्ताले बताए।
यद्यपि, छोटो भेटघाटका क्रममा साहले सुशासन, पारदर्शिता र नागरिक सहभागनाको आवश्यकता औंल्याउँदै स्थानीय तह बलियो बने मात्र परिवर्तन सम्भव हुने धारणा राखेका थिए। उनले विकासका नाममा हुने अनावश्यक खर्च र बेथितिविरुद्ध नागरिक स्वयं सचेत हुनुपर्ने बताएका थिए।

बालेन साहको उर्लाबारी आगमन र छोटो बसाइँलाई लिएर सामाजिक सञ्जालमा पनि चर्चा भएको छ। कतिपयले व्यस्त कार्यतालिकाका कारण समय अभाव भएको बुझाइ राखेका छन् भने केहीले ससुराली क्षेत्रमा थप समय दिनुपर्ने प्रतिक्रिया दिएका छन्।

साह उर्लाबारी बसाइँका क्रममा सीमित अवलोकन र भेटघाटपछि फर्किएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर