AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘जनधनको क्षति रोक्न विपदजन्य जोखिमको पूर्वसूचना एकरुपतामा हुन आवश्यक’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०८२, मंगलवार १७:५१
3
Shares
विराटनगर / बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको सूचना तथा पूर्वसूचनालाई एकरुपता र प्रभावकारी बनाउने उद्देश्यले आज विराटनगरमा क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय धरानले आज विराटनगरमा आयोजित साझा चेतावनी प्रोटोकलको मानक सञ्चालन कार्यविधिलाई अन्तिम रूप दिन सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनताले बुझ्ने भाषामा सूचना सम्प्रेषण हुनुपर्ने बताए । उनले जिल्लाभित्र वर्षा मापन केन्द्र र पूर्वसूचना प्रणाली कहाँ–कहाँ राख्न सकिन्छ भन्ने मुल्याङ्कन गर्नुपर्ने र यसमा स्थानीय तहको सक्रियय सहभागिता आवश्यक रहेको बताए ।

त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्रा. डा. विष्णु पाण्डेले प्राविधिक पक्षबारे जानकारी दिँदै नेपालको भौगोलिक विविधतालाई ध्यानमा राखेर वर्षाको मापदण्ड बनाइएको बताए । नेपाललाई हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्म गरी १५ वटा विशेष क्षेत्रमा बाँडेर जोखिमको विश्लेषण गरिएको प्रष्ट उनले प्रष्ट पारे ।

वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले जलवायु परिवर्तन र जथाभावी गरिने विकास निर्माणले विपद्को जोखिम र क्षति बढाएको बताए । उनले विपद् आउनुअघि नै नागरिकलाई सचेत गराउन यो नयाँ प्रणाली कोसेढुङ्गा साबित हुने बताए ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख साकेत कर्णले र कार्यालयका रामबाबु मिश्रले मौसम सम्बन्धी सूचनाको बुझाइमा सबैतिर एकरुपता ल्याउन यो प्रोटोकल आवश्यक रहेको बताउँदै यो लागु भएपछि स्थानीय भाषामा, अपाङ्गता भएका व्यक्ति, बालबालिका र सिमान्तकृत वर्गले समेत सजिलै बुझ्ने गरी समयमै सूचना पुग्ने र नागरिकको जिउधनको सुरक्षा गर्न ठूलो मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर