पूर्वाञ्चल खबर
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले अग्रज पत्रकारहरु केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मान पत्र एवं दोसल्ला ओढाई सम्मानित गरे ।
सो अवसरमा प्रदेश प्रमुख खापुङले समाजलाई परिवर्तन गरी मुलुकको विकासमा योगदान पु¥याउन सञ्चारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । उनले सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारको संरक्षणमा सञ्चारकर्मीले योगदान पु¥याउनु पर्नेमा जोड दिए।
प्रदेश प्रमुख खापुङले पत्रकारले राष्ट्रिय एकता वलियो बनाइ समाजमा सद्भाव कायम राख्न कलम चलाउनुपर्ने सुझाव दिए।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालले पत्रकारिता जिम्मेवारीपूर्ण पेशा भएकोले मुलुकमा शान्ति सुरक्षा एवं सद्भाव कायम महत्वपूर्ण योगदान पु¥याएको दावी गरे।
नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्का, महासंघका केन्द्रीय सदस्य कमल रिमालले सञ्चारकर्मीको कमलको कारण लोकतन्त्र एवं गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको विचार राखे।
महासंघकी मोरङ अध्यक्ष सुशिला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल,महासंघका पूर्व प्रदेश अध्यक्ष विक्रम लुईटेल,पूर्व मोरङ अध्यक्ष बन्धु पोखरेल, प्रेस चौतारी नेपालकी मोरङ अध्यक्ष चीना थापा, नेपाल प्रेश युनियनका मोरङ अध्यक्ष वेदराज पौड्याल, गैरसरकारी संस्था मोरङ अध्यक्ष विष्णु शर्मा पन्त र सम्मानित अग्रज पत्रकार चौहानलगायतले पत्रकारहरुलाई सहजरुपमा समाचार संकलनको व्यवस्था हुनुपर्ने सुझाव दिए ।
महासंघले आज विराटनगर आँखा अस्पतालको सहयोगमा सञ्चालित आँखा शिविरमा दुई सय जना पत्रकार र परिवारका सदस्यहरुले जाँच गराई निःशुल्क औषधि एवं चश्मा प्राप्त गरेका छन् ।