वैशाख ३१ गतेसम्म सुनसरीमा पूर्ण निषेधाज्ञा जारी

खबर पूर्वाञ्चल, २१ बैशाख २०७८, मंगलवार १५:५६

सुनसरी / वैशाख ३१ गतेसम्म लागू हुनेगरी सुनसरीमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

आज बसेको डिसिसिएमसीको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी गराए ।

आजदेखि लागू हुनेगरी वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी भएको बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले जोर–बिजोर प्रणालीसमेत हटाएको बताए । यस्तै अत्यावश्यकबाहेक हिँडडुलमा रोक लगाउँदै निषेधाज्ञा कडा बनाएको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको उनले बताए ।

यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५