RUMPUM
animated ellipse animated ellipse

दश दिनपछी पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०७७, शुक्रबार २१:१४
3
Shares
विराटनगर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्य वृद्धि गरेको छ ।

निगमले आज मध्यान १२ बजेबाट लागु हुनेगरी पून पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

निगमले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर