RUMPUM
animated ellipse animated ellipse

कार्यान्वयन गर्न सकिने किसिमको बजेट ल्याएको छु– मन्त्री आङ्बुहाङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७८, बिहीबार ०८:००
441
Shares
विराटनगर / प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक बर्ष २०७८–७९ को बजेट सत्ता पक्ष वा विपक्ष कसैलाई खुसी पार्नका लागि नल्याएको बताएका छन् । यो समाचार आजको उद्घोष दैनिकमा बाबुराम भण्डारीले लेखेका छन् ।

बजेट वक्तव्यको मुख्य मार्गदर्शनबारे बुधबार मन्त्रालयमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रदेश १ का अर्थमन्त्री आङ्बुहाङले कार्यान्वयन गर्न सकिने किसिमको बजेट ल्याइएको बताए ।

बजेटले पुराना नीति तथा कार्यक्रममा प्राथमिकतामा पारेर सरकारले सुरुवात गरेका तथा हालसम्म पनि सुरुवात हुन नसकेका आयोजना तथा कार्यक्रमहरुलाई कार्यान्वयनको प्राथमिकतामा राखेको उनले बताए ।

‘पक्ष प्रतिपक्षलाई खुशी पार्न बजेट आउँदैन’ मन्त्री आङ्बुहाङले भने, ‘हाम्रो प्राथमिकता पुराना सवै योजना कार्यक्रम कार्यान्वयन गरौं भन्ने छ, केही नयाँ कार्यक्रमहरु पनि छन् ।’

उनले नयाँ कार्यक्रमहरुमा स्वास्थ्यतर्फ मेची अस्पताललाई दुई सय शय्या र धनकुटा तथा पाँचथर जिल्ला अस्पताललाई एक सय शय्यामा विस्तार गरिने, जिल्लाहरुमा पोष्टमार्टम हुने व्यवस्थाका लागि चिकित्सकसहितको व्यवस्था गर्ने, डिजिटल प्रदेशको कार्यान्वयन लगायतका बिषय रहेको बताए ।

सरकारले आगामी आर्थिक बर्षमा तोकिएका कार्यक्रमहरु समयमै सम्पन्न गरी बजेट खर्चलाई सुधार गर्ने नीति लिएको बताए । संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएर आएका योजनाहरु समयमा कार्यान्वयन नहुने समस्यालाई आगामी बजेटले प्राथमिकतामा राखेको मन्त्री आङ्बुहाङले बताए ।

सरकारले सांसद विकास कोष कार्यक्रमका लागि ७० करोड हाराहारी रकम विनियोजन गरिएको जानकारी दिए । उक्त कार्यक्रम कार्यन्वयन गर्न सरकारले कार्यविधी संशोधनको प्रक्रिया अघि बढाइसकेको पनि बताए ।

सोही अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले चालु आर्थिक बर्ष २०७७–७९ को बजेट यथार्थमा आधारित नभएकोले कार्यान्वयनमा समस्या आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर