खबर पूर्वाञ्चल
पक्राउ परेकाहरूको शरिर खानतलाशी गर्दा विभिन्न तरिकाबाट लुकाइ छिपाइ राखिएको अवस्थामा कुल ९.६८ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको छ। प्रहरीले ओखलढुङ्गा चिसंखुगढीका वर्ष २७ का राजन बास्तोला, सुनसरी भोक्राहा नरसिंहका वष्र्वा २० का अनोज कुमार उराव, समिर खान, राजेश पुरी , रुपेश कुमार यादव पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागू औषधको आपूर्ति र वितरणमा संलग्न गिरोहहरूको सञ्जाल तोड्न निरन्तर निगरानी र गस्तीलाई तीव्र बनाइएको छ।