AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ट्राफिक व्यवस्थापन चुस्त बनाउँछु:ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०७९, बुधबार २०:२१
522
Shares
विराटनगर /जिल्ला ट्राफिक प्रहरी कार्याल मोरङका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठले जिल्लामा ट्राफिक व्यवस्थापन चुस्त दुरूस्त बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।

विराटनगरमा आज संचारकर्मीहरूसँगको परिचत्यामक कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले यस्तो बताएका हुन् । उनले ट्राफिक व्यवस्थापन मजबुत बनाउँदै कोशी प्रदेशको राजधानी विराटनगरमा सवारी आवगमन चुस्त दुरुस्त बनाएर अगाडी बढने बताए । सडक सुशासन कायम गर्दै ट्राफिक व्यवस्थापनमा सक्रिय रुपमा लागि पर्ने उनले बताए ।

सवारी साधनको व्यवस्थित पार्किङ अभियानलाई विराटनगर महानगरपालिकासँग सहकार्य गरेर अगाडी बढने उनले बताए । विराटनगर महानगरपालिकाले कोशी प्रदेशको राजधानी विराटनगरको सडकलाई पार्किङ निशेष क्षेत्र बनाउन संचालन गरिरहेको अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सहकार्य गरेर अगाडि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर