खबर पूर्वाञ्चल
विराटनगर १७ स्थित खेल मैदानमा आज भएको पहिलो खेलमा गोरखा फुटबल क्बललाई ७–० गोलले हराउँदै लालीगुराँस सेमिफाइनलमा पुगेको हो ।
जितको लागि लालीगुराँसको तर्फबाट बर्तमान राईले ४, आदेश थापा मगरले २ र केवल राईले १ गोल गरेका थिए । पहिलो खेलको म्यान अफ द म्याच लालीगुराँसका बर्तामान राई घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा विराट एकेडमीलाई ३–० गोलले हराउँदै मिल्स युथ क्लब सेमिफाइनलमा पुगेको छ ।
मिल्सको तर्फबाट रवि थापामगर २ र उत्तम शर्माले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मिल्सको रवि थापा मगर घोषित भए ।
सोमबारको खेल रानी युवा क्लब र टिडबलुवाइसिइ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया