animated ellipse animated ellipse

गोरू काट्ने ३ जना झापाबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० आश्विन २०७७, शनिबार १४:४४
1.14k
Shares
झापा / झापाको अर्जुनधारा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा –५ स्थित बैसाबारीका २० बर्षीय ईमन दाहाल,२७ बर्षीय विरबहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन् ।

उनीहरुले आज विहान गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई तीनै जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।
उनीहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तीनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर