पूर्वाञ्चल खबर
इटहरी उपमहानगर उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समूदायका महिलाले सुन्दर सुन्दर ब्याग र टोपी वनाएका हुन् । उनीहरुलाई दाङ्गवाट आएर चन्द्रावती चौधरीले थाकलवाट ब्याग र टोपी वनाउन सिकाएकी हुन् ।
तालिम समापन कार्यक्रममा सहभागिहरुले थाकलवाट यति राम्रा समाग्री वन्छन होला भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिए । सहभागिहरु ओमकुमारी र सुमित्रा चौधरीले सिकेको शीपमार्फत ब्यवसायिक वन्ने आत्मविश्वास वढेको वताइन् ।
इटहरी १८ का महिला मेहनति रहेको भन्दै सहजकर्ता चौधरीले प्रशंसा गरिन् । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकलका समाग्री निर्माण गरि वडा नम्वर १८ को पहिचान वनाउन आग्रह गरिन् । उद्यम थालनी गर्न विउपूँजी उपलब्ध गराउने प्रतिवद्धता समेत जनाइन् । वडाध्यक्ष रामकुमार चौधरीले वजार र पूँजीको अभाव हुन नदिने वताए । स्थानीय नेत्री अम्विका चौधरीले सिकेको शीपलाई प्रयोग गरेर ब्यवसायिक वन्न सल्लाह दिए ।
कार्यक्रम संयोजक अन्जु चौधरीले इटहरी १८ का महिला थाकलवाट विभिन्न समाग्री वनाएर वेच्न उत्साहित रहेको वताए ।