AArya
RUMPUM
animated ellipse animated ellipse

डा.टंक उप्रेती सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७९, बिहीबार १८:२३
3
Shares
काठमाण्डौ / नेपाल टेलिभिजनका प्रमुख कार्यक्रम निर्माता डाक्टर टंक उप्रेती यस वर्षको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

उनलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले काठमाण्डौको पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी ५० हजार रुपैँया राशीको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरेको हो । बृतचित्र लगायतका प्रसारण माध्यमबाट बिभिन्न बिषय बस्तुका बारेमा जानकारी गराई योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले जानकारी दिइन ।

पत्रकारितासँगै उनले निबन्ध र कविताहरुमा पनि कलम चलाइरहेका छन् । उप्रेतीको ‘अनुभूतिका अक्षरहरु’, ‘शब्दहरुको नेपथ्य’, ‘गजुर पग्लिएर’ (लामा कथा संग्रह), ‘निगुरोको खरानी र ‘यतै कतै’ (सामूहिक कविता संग्रह) प्रकाशित भइसकेका छन् । डा.उप्रेतीले आमसञ्चार र पत्रकारितामा विद्यावारिधि गरेका छन्। नेपाल टेलिभिजनको स्थायी कर्मचारी उप्रेतीले २०४६ सालदेखि निरन्तर नेपाली साहित्यमा र पत्रकारितामा कलम चलाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर