AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मिस्टर एण्ड मिस लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७८, बिहीबार १७:२६
801
Shares
विराटनगर / चौथाें संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनलमा पुगेका ९० जना प्रतियोगिहरुले प्रतिभा देखाएका छन् ।

विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ जना छनौट भएका बालकहरुले ‘ट्यालेन्ट राउण्ड’ मा उनीहरुले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।

फाइनलमा पुगेका प्रतियोगिहरुले गीत, नृत्य, चित्रकला, अभिनयलगायतका विभिन्न प्रतिभाहरु देखाए । प्रतियोगिहरु मध्ये उत्कृष्ट हुनेले फाइनलमा ट्यालेन्ड एवार्ड प्राप्त गर्दछन् ।

फाइनलमा विराटनगर, इटहरी, धरान, दमकलगायत प्रदेश १ को विभिन्न जिल्लाहरुबाट प्रतियोगि छनौट भएको कार्यक्रम संयोजक आयूषा आचार्यले जानकारी दिइन् ।

फाइनलमा छनौट भएका प्रतियोगिहरुलाई बन्द प्रशिक्षण दिदै आएको छ । उनीहरूलाई विभिन्न विषयमा विज्ञहरूबाट प्रशिक्षण दिने गरिएको छ ।

बन्द प्रशिक्षणमा मिस कोशीको बिजेता प्रशिका श्रेष्ठ, फस्ट रनरअप आयूषा आचार्य, मोडलहरु समीक्षा कार्की, प्रकृति फुयल, सीमा सरदारलगायत अन्य विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिने गरिएको छ ।

चैत ५ गते हुने फाइनलको बिजेताले नगद जनही ३०/ ३० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्ने सिइओे नीशा खतिवडाले जानकारी दिइन् । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले जय मिडिया मेनेजमेन्ट प्रालिले यो प्रतियोगिता आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर