AArya
RUMPUM
animated ellipse animated ellipse

निश्चलको रहस्यम मृत्यु प्रकरणमा न्याय माग्दै गाउँले आन्दोलनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ कार्तिक २०७८, आईतवार १८:०१
1.6k
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका– ५ मा एक बालकको अपहरणपछि यातना दिएर हत्या भएको भन्दै घटनाको अनुसन्धान गरि दोषिलाई कारवाही गरि पीडितलाई न्याय दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

मृतकका परिवार र गाउँलेहरूले घटनामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरिनुपर्ने र पीडित परिवारलाई न्यायको अनुभुति दिलाउनु पर्ने माग राख्दै आज निमुवा प्रहरी चौकी अगाडी प्रर्दशन गरेका हुन् ।

सोमबार अर्थात कार्तिक २२ गते घरदेखि पाँच सय मिटर दक्षिण लिची बगैचादेखि हराएका १४ वर्षीय निश्चल रायकोे शव हराएको तीन दिनपछि बुधबार विहान घरदेखि एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोलामा मृत अवस्थामा शव भेटिएको थियो । रहस्यमय तरिकाले मृत्यु भएको निश्चलको एक साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको भन्दै उनीहरुले मृतकको घरदेखि करिब तीन सय मिटर पश्चिम निमुखा प्रहरी चौकी अगाडी प्रर्दशन गरेका हुन् । उनीहरूले सत्यतथ्य छानविन गर, दोषिलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, मृतक परिवारलाई क्षतिपूर्तीको व्यवस्था गरलगायतको नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका थिए ।

शवको प्रकृति हेर्दा निश्चलकोे शरिर भरी चोटपटक लागेकोले अपहरणपछि यातना दिएर हत्या गरेको हुन सक्ने भन्दै मृतकका परिवारले घटनाको गहन अनुसन्धान गरि दोषिलाई सार्वजनिक गरि कारवाहीको दायारमा ल्याउनु पर्ने माग राखेका छन् ।

मृतकका बावु उपेन्द्र रायका अनुसार छोराको तिग्रामा डोरीले बाधेको डाम, घाँटीमा जुत्ताले कुटेको डाम, ओठ र गालामा पनि चोटपटक र नाइटोमा इन्जेक्सन लगाएकोले छोराको भबितब्य दुर्घटना नभए सुनयोजित तरिकाले हत्या भएको दाबी गरेका छन् ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनालाई गम्भिरता पुर्वक लिएर शुष्म तरिकाले अनुसन्धान सुरु गरेको बताए । ‘यस घटनलाई प्रहरीले गम्भिरता पूर्वक लिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ मृतकको पोस्माटम रिपोर्ट आइ नसकेकोले प्रहरीले निश्चलको हत्या हो कि मृत्यु हो यस विषयमा केही बोलेको छैन । कोशी अस्पतालमा गरेको पोस्मार्टम रिपोर्ट आउन एक साता लाग्नेछ । मृतक रायको पोस्माटम बिहीबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर