RUMPUM
animated ellipse animated ellipse

कानुन र संविधान मिच्ने छुट कसैलाई छैन : गृहमन्त्री श्रेष्ठ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०८०, सोमबार १८:५७
90
Shares
विराटनगर / उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका छन् ।

आज गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा कसैलाई हिँडडुलमा अवरोध र आक्रमण गर्न नपाइने बताएका हुन् ।

कोशी नामकरणको विपक्षमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विभिन्न राजनीतिक दलका नेताहरुलाई हिँडडुलमा अवरोध गर्दै आएको थियो । ‘¥याली गर्न पाइयो, आमसभा गर्न पाइयो, विचार राख्न पाइयो, लेख लेख्न पाइयो । तर एक ठाउँबाट अर्को ठाउसँमा जान अवरोध उत्पन्न गर्ने वा प्रदेशसभाका सदस्यलाई अवरोध उत्पन्न गर्न पाइँदैन यसमा विचार गर्न सबैलाई म विनम्रतापूर्वक अनुरोध छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर