पूर्वाञ्चल खबर
एमाले वार्ड नम्बर १० ले आफ्नो सम्पर्क पार्टी कार्यलय विराटनगर १० स्थित पिपल चौकमा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जिवन घिमिरेले उद्धघाटन गर्दै सँगै पार्टी कार्यलय सञ्चालनमा ल्याएको हो ।
एमाले वडा नम्बर १० ले पार्टी कार्यालयको उद्धघाटनसंगै खुल्ला रक्तदान समेत गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरिएको एमाले वडा नम्बर १० का सचिव शैलेन्द्र घिमिरेले जानकारी दिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष ऋषिकेष पोखरेल , उपाध्यक्ष बाबुराम कार्की, महानगर कमिटि अध्यक्ष सागर थापा, एमाले प्रदेश १ कमिटी सदस्य महेश भट्टराई ,मनोज अग्रवाल, विमला घिमिरे , महानगरपालिका सचिवालय सदस्य सिएम श्रेष्ठ , वडा सदस्य लोकनाथ अधिकारीलगायतको उपस्थित रहेको सचिव घिमिरेले जानकारी दिए ।