खबर पूर्वाञ्चल
मोरङ कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका राष्ट्रिय समाचार समिति प्रदेश १ का प्रम्ख मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष तारा आर्चाय, नेपाल पत्रकार महासंघ मोरङकी सदस्य एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन् ।
पुरस्कृत सवैलाई आज प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नगद र कदर पत्रसहित पुरस्कृत गरे ।
पत्रकारिता जगतको पेशागत मर्यादालाई कायम राख्दै समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले कारोबार दैनिकका श्रेष्ठ र विजमाण्डुका न्यौपानेलाई ५०–५० हजार, राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख सदरुल र न्युज २४ टेलिभिजनकी आर्चायलाई २१–२१ हजार तथा रेडियो सिम्रिककी दियाली र निगरानी टाईम्सकी तामाङलाई १०–१० हजार नगद पुरस्कार प्रदान गरेको हो ।
मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी –२०७७ पुरस्कारबाट प्रमुख सदरुललाई र २०७८ सालको आचार्यलाई प्रदान गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति दीपक दाहालको परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्लामा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिने र यस पुरस्कारको राशि २१ हजार रहेको छ ।
यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिएको छ । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा ५० हजारको पुरस्कार स्थापना गरेका हुन् ।
यस्तै रासस विराटनगरकी पूर्व समाचारदाता मीना श्रेष्ठ महिला पत्रकर प्रोत्साहन पुरस्कारबाट २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियालीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि नगद १० हजार रहेको छ । श्रेष्ठ महिला पत्रकारिता पुरस्कार प्रदेश १ मा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । आगामी बर्षदेखि उक्त्त पुरस्कारको राशी २१ हजार प्रदान गर्ने श्रेष्ठका छोरा सुनिल श्रेष्ठले समारोहमा जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख प्यासीले पत्रकारहरु आलोचना र दुःखका सारथी भएको बताए । उनले समाजलाई सिर्जनशील बनाउन पत्रकारहरुको उल्लेख्य भुमिका रहेको जिकिर गरे ।
विस २०६९ सालमा मोरङका पत्रकारहरुद्धारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले भने बार्षिक ५० लाखको कारोबार गर्दै आएको छ । हाल यस संस्थामा १ सय ५ जना सदस्यहरु रहेका छन् ।