animated ellipse animated ellipse

जनता समाजवादी पार्टीमा नेतृत्व विवाद मिल्यो, दुई जना अध्यक्ष

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७७, आईतवार २०:५१
3
Shares
काठमाण्डौ / जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ । जसमा दुई जना अध्यक्ष रहने छन् ।

महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहने निर्णय भएको छ । औपचारिक रुपमा दर्ता भएको पार्टीको तेस्रो वरियताका नेतामा डा.बाबुराम भट्टराई छन् । भट्टराई पछि अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताको रुपमा छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ । गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण सहमति अनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो । तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर