animated ellipse animated ellipse

निशुल्क खाना वितरण गर्ने सामाजिक अभियन्ताको एक लाखको कोरोना बिमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७७, आईतवार २०:१५
3
Shares
विराटनगर / निशुल्क खाना वितरण गर्ने सामाजिक अभियन्ताको कोरोना बिमा गरिएको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन कार्यान्यवयन भए यता विराटनगरका सडकमा नै जीवन व्यतित गर्नेहरुलाई निशुल्क खाना वितरण गरिरहेका अभियन्ताको आईतबार कोरोना बिमा गरिएको हो ।

नेकपाकी नेतृ नमिता न्यौपानेले जनरल इन्सुरेन्स कम्पनी मार्फत १० जना अभियन्ताहरुको बीमा गरिदिएकी हुन् ।

कोरोना भाईरस संक्रमणको जोखिम बढेसँगै निशुल्क खाना वितरण गर्नेहरुको पनि स्वास्थ्य जोखिममा रहेकाले प्रति व्यक्ति एक लाखको दरले बीमा गरिदिएको युवा नेता ओसिम आलमले जानकारी दिए ।

आलमको अनुसार विराटनगरको सडक पेटीमा बसेर दैनिकी बिताउने तीन सय बढिलाई दैनिक निशुल्क खाना वितरण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर