खबर पूर्वाञ्चल
मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालशले आज फैसला गरेको हो । ५६ जना प्रतिवादी मध्ये कर्तब्य ज्यान मुद्दामा जोडिएका ८ जना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको मोरङ अदालतका श्रेस्तेदार उप–सचिब टिकेन्द्रवीर जङ्ग राणाले जानकारी दिए । अभियोग दर्ता गराएको मध्ये फरार भएका २१ जना प्रतिवादीको हकमा अदालतले मुल्तबीमा राखेको श्रेस्तेदार राणाले जानकारी दिए । मुल्तबीमा राखेको प्रतिवादीको हकमा अदालत उपस्थित भएको खण्डमा फैसला हुने गर्दछ ।
अदालतले दोषि ठहर गरि जन्मकैदको सजाय तोकिएको भोजराज भण्डारी, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले र नरेन्द्र कार्की रहेका छन् । सोही मुद्दाका प्रतिवादी राज कुमारलाई तीन वर्ष र मदन भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकेको स्रेस्तेदार राणाले जानकारी दिए । यो प्रकरणका मुख्य अभियुक्त गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि कसुर निर्धाण हुने भएको छ । सो मुद्दामा कसुर निर्धाण भने एक महिना पछि हुने अदालतले जनाएको छ ।
जिल्ला अदालत मोरङमा ‘अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो । मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।
सुरुमा मुद्दा दर्ता गर्दा ६३ जना मात्रै प्रतिवादी थिए । तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । प्रतिवादीमध्ये ५६ जना पक्राउ परे । २ १ जना अझैसम्म फरार छन् ।