१९ वर्षीया युवतीलाई जबरजस्ती करणीको आरोपमा कराँते प्रशिक्षक राउत पक्राउ

खबर पूर्वाञ्चल, १० श्रावण २०७९, मंगलवार १२:५१
13.21k
Shares
विराटनगर / युवतीलाई जबरजस्ती करणी आरोपमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन् ।

दुवैलाई प्रहरीले विराटनगरबाट दुई दिनअघि पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

विराटनगर–३ का ५० वर्षीय राउत र उनका साथी सुवेदीले विराट हेथ कलेजमा नर्सिङ पढिरहेकी सुनसरीको इटहरीकी १९ वर्षीया किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको हो ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पीडितको जाहेरीका आधारमा दुईदिन अगाडी नै उनीहरुलाई पक्राउ गरि अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको थियो ।

उनका अनुसार युवतीले आइतबार जाहेरी दिएपछि जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर दुबैलाई अनुसन्धान थालिएको छ ।

‘होटलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको छ,’ श्रेष्ठले भने, ‘मुद्दा दर्ता भइसकेको छ, जबरजस्ती करणमा अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि अनुसन्धान सुरू गरेका छौं ।’

युवतीलाई होटलमा लगेर जबरजस्ती करणी गरेको र भिडियो बनाएर थप दुःख दिएको भन्दै उनीहरु विरुद्ध आइतबार प्रहरीमा जाहेरी दिइएको थियो । राउत मोरङ जिल्ला खेलकुद विकास समितिका कराँते प्रशिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Prem लेख्नुहुन्छ

    Right…. Should be life sentence prison

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५