खबर पूर्वाञ्चल
मोओवादीले मोरङको धनपालथान गाउँपालिका वडा नं. १ वडाको वडाअध्यक्षमा खाजा हुसैन विजयी भएका छन् । उनले एक सय मतान्तरले नेपाली काँग्रेसका मुबारक मियाँलाई पराजित गरेका हुन् ।
यसैगरि मोरङको कानेपोखरी गाउँपालिका ७ नं. वडाको वडाअध्यक्षमा नेकपा एमालेका मोहनप्रसाद अधिकारी पुनः निर्वाचित भएका छन् । १ हजार ३ सय २८ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले जानकार्री िदए । २ हजार ७ सय २ मत खसेको ७ नं. वडामा अधिकारीका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जुङले १ हजार मत ल्याएका छन् । यस वडामा एमालेका प्यानलै निर्वाचित भएका छन् । सदस्यहरुमा पदमकुमारी कार्की १४०९, जितबहादुर लिम्बु १३००, जिवन सुब्बा १२८२ र दलित महिला सदस्यमा रुविना विश्वकर्मा १३६१ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत नयाकले जानकारी दिए ।
यसैगरि मोरङको कटहरी गाउँपालिका १ नं. वडामा नेकपा एमालेका हरिनारायण राजवंशीले १ सय ११ मत अन्तरले विजयी भएका छन् । राजवंशीले ९६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई १ सय ११ मतले पराजित गरी राजवंशी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ८ सय ४९ मत ल्याएर छन् । कटहरी १ मा २ हजार ७९७ मत खसेको थियो ।