विराटनगरका अभय राई प्रेस यूनियनको उप–महासचिवमा फराकिलो मतान्तरमा निर्वाचित

खबर पूर्वाञ्चल, १० श्रावण २०७९, मंगलवार १९:०२
666
Shares
विराटनगर/हेटौडामा सम्पन्न नेपाल प्रेस यूनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा विराटनगरका टेलिभिजन पत्रकार अभयकुमार राई उप–महासचिवमा निर्वाचित भएका छन् ।

विराटनगर १० का स्थायी राईले अध्यक्ष शिव लम्सालको पक्षबाट उप–महासचिवमा फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । साउन ७ गते हेटौडामा सम्पन्न निर्वाचनमा समावेशीतर्फबाट जित हासिल गरेका राईले काठमाडौंका पवन श्रेष्ठलाई १ सय ८४ मतान्तरले पराजित गरेका हुन् । जित हात पारेका राईले ७ सय १३ मत पाएका थिए ।

निर्वाचित राईले मोफसलमा रहेर सक्रिय रुपमा पत्रकारिता गरिरहदाँ सबैले साझा रुपमा जिताएको बताए । नवनिर्वाचित उप–महासचिव राईले भने, ‘अब पत्रकारिता क्षेत्रलाई थप ब्यवस्थित र प्रविधीमैत्री बनाउनुपर्नेछ । केन्द्रमा झै मोफसलमा समेत साथीहरु उर्जावान हुनुहुन्छ । उहाँहरुको सीप, लगन र मेहनतकै कारण मोफसलको पत्रकारिता क्षेत्रले आम नागरिकको विश्वास र मन जित्न सफल भएको छ ।’ उनले यस जितलाई कुन पक्षधर भन्दापनि समग्र प्रेस यूनियनको जित भएको प्रस्टाएका छन् । उनले भने, ‘हिजोको दिन निर्वाचनमा के भयो । एक पाटो होला । तर अब सबैले आफ्नो जिम्मेवारी र दायित्व सम्झेर कलम चलाउनुपर्ने हुन्छ । पत्रकारितालाई थप दरिलो बनाउनुपर्ने हुन्छ ।’

विगत एकदशकबाट विराटनगरलाई कर्मथलो बनाउँदै आएका सक्रिय पत्रकार राईले निर्वाचनमा ७ सय १३ मत पाएका थिए । २०५९÷६० सालमा देशान्तर साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका राईको यात्रा त्यसपछि डिजिटल मिडियामा रहेको छ । उनी २०६२÷६३ सालमा विराटनगरबाट स्ट्रिञ्जरका रुपमा नेपाल टेलिभिजनमा आवद्ध भएका थिए । त्यसपछि, राईले नेपाल वान टेलिभिजनमा भारतको राजधानी दिल्लीमा रहेर समाचार सह–सम्पादकको रुपमा कार्य गरे । भारतबाट २०६४÷६५ सालमा काठमाडौं फर्किएर उनी तत्कालिन नेशलन टेलिभिजनमा आवद्ध भए ।

करिब १ वर्ष सो टेलिभिजनमा आवद्ध रहेका राई त्यसपछि कान्तिपुर टेलिभिजनमा खेलकुद क्षेत्रको समाचारमा जोडिए । कान्तिपुरमा सह–सम्पादकका रुपमा १ वर्ष कार्य गरेका राई त्यसपछि विराटनगर आए । विराटनगरमा २०६८÷६९ सालबाट राई मकालु टेलिभिजनमा कार्यरत रहेका छन् । समाचार संयोजकका रुपमा कार्यरत रहेका राई पछिल्लोसमय टेलिभिजनको कार्यक्रम प्रमुख निर्माताका रुपमा रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५