खबर पूर्वाञ्चल
आज विराटनगर-३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो ।
संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको हो । देउसी भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा संस्थाले सकेको सहयोग गर्ने बताए ।
तपाईको प्रतिक्रिया