पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८ जनामा संक्रमण पुष्टि हुँदा ११९ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, २७ आश्विन २०७८, बुधबार १८:१०

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण भएको छ । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १, मोरङको विराटनगर र सुन्दरहरैचामा २–२, झापाको भद्रपुर र मेचीनगरमा १–१ र उदयपुरको उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५७ महिला र ६२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५