AArya
RUMPUM
animated ellipse animated ellipse

तेक्वान्दो संघको मोरङको अध्यक्षमा नेपाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०७८, शुक्रबार १७:२१
585
Shares
विराटनगर / मोरङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल सर्वसम्वत चयन भएका छन् ।

संघको विराटनगरमा आज सम्पन्न तेस्रो साधारणसभाबाट नेपालसहित ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन भएका छन् । समितिको उपाध्यक्षमा ईश्वर बास्कोटा, सचिवमा निरकुमार श्रेष्ठ र कोषाध्यक्षमा सर्जिना सत्याल बुढाथोकी चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा नेत्रबहादुर कार्की, आकाश उप्रेती, विवेक कर्ण, निर्मला श्रेष्ठ र किरण लामिछाने सर्वसम्वत चयन भएको निर्वाचन अधिकृत अनोज बानियाँले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नवनिर्वाचित बधाई दिँदै विराटनगरलाई खेलकुदको हब बनाउने प्रयास भइरहेको छ । विराटनगरमा फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न आवश्यक पूर्वाधार रातारात लगाएर निर्माण गरी प्रतियोगिता सफल बनायौं ।

खेल मैदान बनाउन, खेलाडी उत्पादन गर्न र पूर्वधारा विकासका लागि महानगरपालिकाले प्रथमिकतामा राखेको बताउँदै, प्रमुख पराजुलीले भने, ‘खेलको विकासका लागि तीन तहको सरकारको समन्वयमा बजेट विनियोजन गर्दै अघि बढ्न सके सबै खेलका पूर्वाधारको विकास हुने थियो ।’

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपाने र प्रदेश १ का प्रतिनिधि गोपाल राई, निवर्तमान अध्यक्ष शंकर खरेललगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर