खबर पूर्वाञ्चल
मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, उनकी २ छोरीहरु १३ वर्षीया पबित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
प्रवक्ता राईका अुनसारराईको अनुसार आइतबार पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र आमासहित २ जना छोरीको शव फेला परेको हो ।
उक्त माछा पोखरी घरदेखि डेढ किलोमिटरको दूरीमा रहेको र सो स्थानमा मान्छेको वस्ती पनि नरहेकाले घटना कुन समय भयो थाहा नभएको प्रहरजिे बताएको छ ।
छोरीहरु पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।
पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखेपछि उद्धारका लागि आमा सीता गएकी थिइन् । ग्रामथान गाउँपालिका–२ का वडाअध्यक्ष बैजनाथ विश्वासका अनुसार दाजुको माछा पोखरीमा चारो हाल्न गएको बेला सँगै गएका छोरीहरु पौडी खेल्न भन्दै पसेका थिए ।
सुरुमा कान्छी छोरी पोखरीमा डुबेपछि उनलाई निकाल्न दिदी पबित्रा पोखरीमा पसेकी थिइन् । पबित्रा पनि डुबेपछि सीता पोखरीमा पसेको र पोखरी गहिरो भएका कारण तीनैजना निस्कन नसकेको प्रहरीले जनाएको छ ।
श्रीमान ९ वर्षदेखि सम्प्र्कविहिन भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले तीनै जनाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याएको छ ।
तपाईको प्रतिक्रिया