animated ellipse animated ellipse

कटारी अस्पताल ५० शैय्यामा स्तरोन्नति, कोशी प्रदेशलाई हस्तान्तरणको लागि संघीय सरकारले दियो स्वीकृती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०८१, बुधबार १७:३३
54
Shares
कटारी/ उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तानतरण गर्नको लागि संघीय सरकारबाट स्वीकृत प्रदान भएको छ ।

कटारी अस्पतललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न केही दिन अगाडी बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत प्रदान गर्ने निर्णाय गरेको हो ।

अस्पताल संचालनको लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन भने प्रदेश सरकारले व्यहनुपर्ने उल्लेख छ । ५० शैय्यामा प्रादेशिक अस्पतालमा स्तरोन्नति भर्इ प्रदेश सरकारलाई संघीय सरकारबाट पनि हस्तान्तरणको लागि स्वीकृत प्रदान भएर आएकोले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने सो क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान कृषि, उद्योग तथा सहकारीमन्त्री रामकुमार खत्रीले बताए । सांसद जितेदेखि नै कटारी अस्पताललाई ५० शैय्यामा बिस्तार गरी उपचारमा सहजता प्रदान गर्ने उनले बताए । चुनावी अभियानकै वाचाअनुसार जनतालाई सहज स्वास्थ्य सेवा दिने अठोटका साथ लागि परेर अस्पताललाई स्तरोन्नति गर्न सफल भएको खत्रीले बताए ।

कटारी क्षेत्रवासी जनताको सहज स्वास्थ्य पहुँच विस्तार गर्न कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानुपर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको खत्रीको भनाइ छ । सेवा विस्तार गरी आम नागरिकले स्वास्थ्य सेवा घरनजिकको अस्पतालमा पाउन सके केही हदसम्म राम्रो हुन्थ्यो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक बनाउन लागि परेको उनले बताए ।

प्रादेशिक अस्पताल भएपछि कटारीबासीका लागि मात्र सेवा लिने अस्पताल नभई छिमेकी जिल्लाहरु सिन्धुली, सोलुखुम्बुु, ओखलढुंगा र खोटाङका आधा भूभाग र सिराहासम्मका स्थानीयले सेवा लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर