RUMPUM
animated ellipse animated ellipse

तेस्रो प्याब्सन कपमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ जेष्ठ २०८१, मंगलवार १९:०८
198
Shares
विराटनगर / विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् ।

विराटनगरको सहिद मैदानमा आज भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् ।

पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४–२ गोलले हरायो । जितको लागि गौतमबुद्धका आयूष प्रधान, आर्दश राई, आसुतोस खड्का र सौरव रानामगरले गोल गरे । सप्तकोशीको तर्फबाट समिर राजपुरिया र रितेश कर्णेलले गोल गरे । प्लेर अफ द म्याच गौतम बुद्ध स्कुलका गोलकिपर सुभम राई घोषित भए ।

दोस्रो खेलमा गोदावरी स्कुल वाकओभरमा विजयी घोषित भयो । बिनायक स्कुल नआएपछि गोदावारीले वाकओभर पाएको हो ।

तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले पराजित गर्यो । सेन्टजोसेफका गोल गर्ने निशाद सिटौला दुई गोल र प्रनिश खड्काले एक गोल गरे । दुई गोल गर्ने निशाद सिटौला प्लेर अफ द म्याच घोषित भए ।

भोली पहिलो खेल ग्यालेक्सी र मदरल्याण्ड एकाडेमी बिच हुनेछ । सोही दिन दोस्रो खेल दर्पन र मोडर्न एरा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर