AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डमा पहिलो पटकको विज्ञान संकायको प्रवेश परीक्षामा विद्यार्थीहरुको उत्साह जनक सहभागि 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०८२, बिहीबार १७:२७
459
Shares
विराटनगर/ विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजमा आज विज्ञान विषयको प्रवेश परीक्षामा ४ सय ७७  जना विद्यार्थी उपस्थित भएका थिए ।
मेरिल्याण्ड कलेजमा विज्ञान विषयमा विद्यार्थीहरुको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा अझ उत्साह थपिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गौरादहबाट प्रवेश परीक्षा दिन आएकी प्रिसा दंगालले आफू मेरिल्याण्ड कलेजमा पढ्न धेरै उत्साहीत भएको बताइन् । सिरहाबाट आएका अर्का विद्यार्थी शिरिष यादबले मेरिल्याण्डमा प्रतिस्पर्धी शुल्कमा राम्रो पढाइ हुने कुरा सुनेर आफूले यहाँ पढ्ने निर्णय गरेको बताए ।
मेरिल्याण्ड कलेजका को–अर्डिनेटर मनिष पोखरेलले आफूले काम गरेको ९ वर्षको अनुभवमा मेरिल्याण्ड कलेजले क्वालिटीमा कुनै पनि कमी हुन नदिने भएकाले विद्यार्थीहरुको विज्ञानमा पनि पहिलो रोजाइ नै मेरिल्याण्ड बन्न पुगेको बताए ।
२०८१ सालको कक्षा १२ को बोर्ड परीक्षामा मेरिल्याण्ड कलेजका ९७. ७७ प्रतिशत विद्यार्थी उत्कृष्ट जिपिएसहित उत्तीर्ण हुन सफल भएका थिए । स्मरण रहोस मेरिल्याण्ड कलेज विगत २२ वर्षदेखि व्यवस्थापन शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर