AArya
RUMPUM
animated ellipse animated ellipse

स्थानीय तह निर्वाचनमा दलहरु एक ढिक्का भएर लड्नु पर्छ : नेता आचार्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ बैशाख २०७९, आईतवार १९:३७
324
Shares
विराटनगर / स्थानीय तह निर्वाचनका लागि दलहरुबीचको लडाईमा एक ढिक्का भएर लड्नुपर्नेमा नेपाली कांग्रेसका नेता महेश आचार्यले जोड दिएकाछन् ।

आज विराटनगरको वडा नम्बर १० मा आयोजित चुनावी घरदैलौका क्रममा नेता आचार्यले लडाईमा गएको बेला सबैले धर्म, इमान र सत्य के हो भन्ने कुरालाई बुझ्न आवश्यक रहेको बताए । सो क्रममा नेता आचार्यले एमालेले बहुमतको सरकार समेत चलाउन नसकेको आरोप लगाएका थिए । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्र सरकार, प्रदेश सरकार चलाउन सक्नुभएन। उँहाहरुबीच नै मतभिन्नता, झैझगडा हुने अवस्था भएको थियो। पार्टी समेत विभाजन भयो । मुलुकलाई ओझेलमा पार्ने अवस्था देखियो। यसबाट मुलुकलाई जोगाउन सबैले गठबन्धन र कांग्रेसको पक्षमा मत हाल्नुपर्नेछ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले गठबन्धनलाई ढुक्क भएर साथ दिनुपर्नेमा जोड दिए । महानगरको मेयर तथा उपमेयरमा गठबन्धनको अवस्था रहेको बताएका केन्द्रीय सदस्य अर्यालले वडा तहमा कांग्रेस आफ्नै एकल अवस्थामा चुनावमा उत्रिएको बताए। निर्वाचनमा सबै दलबीच एक आपसमा गठबन्धन भएको उल्लेख गर्दै अर्यालले समग्र रुपमा मुलुकलाई एककृत हुने गरि संविधानको परिधिभित्र रहेर अघि बढ्न कदम चालिएको बताए ।

सोमबारे हाटमा भएको कार्यक्रममा मेयरका उम्मेदवार नागेश कोइरालाले गठबन्धनमा रहेको दललाई मत दिएर विराटनगरलाई समृद्ध र विकासित महानगर बनाउन जोड दिए। उनले महानगरमा देखिएको श्रम र रोजगारीको समस्या निराकरणका लागि दलले बिशेष योजना अघि बढाउने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर