AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राउण्ड टेबल नेपालद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७७, बुधबार १९:१२
225
Shares
विराटनगर / राउण्ड टेबल नेपालले मोरङको टंकिसिनवरीस्थित एक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को महामारीको जोखिमबाट जोगिन राउण्ड टेबलले आज एक कार्यक्रमको आयोजना गरी मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित लोटस सार्वजनिक विद्यालयलाई फेस मास्क, सेनिटाइजर हस्तान्तरण गरेको हो । राउण्ड टेवलले कार्यक्रममा २ हजार थान फेस मास्क, एक सय एमएलको ४ सय बोतल सेनिटाइजर विद्यालय व्यवस्थापन समितिलाई प्रदान गरेको छ । हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरू विद्यालयमार्फत ४ सयभन्दा बढी घरपरिवारका विद्यार्थी, अभिभावकले पाउने राउण्ड टेबल नेपालले जनाएको छ ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अनुप देव जस्तोसुकै समस्या पर्दा पनि राउण्ड टेवल नेपाललाई आफूहरूले सम्झिने गरेको बताए । उनले राउण्ड टेवललाई समस्या राख्दा तत्कालै सहयोग प्राप्त हुने गरेको उल्लेख समेत गरे । “विद्यालयलाई केही समस्या प¥यो भने राउण्ड टेवल नेपाललाई भनेपछि तुरुन्तै समस्या समाधान हुन्छ,” देवले भने ।

विद्यालयलाई विगतदेखि नै राउण्ड टेवलले सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै राउण्ड टेवल नेपालका एरिया टु को–अर्डिनेटर सन्नी अग्रवालले कोरोना महामारीले निम्त्याएको संकटको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिए । अग्रवालले सबैको सहकार्य र एकताले मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताए । उनले अहिलेको संकटको बेला आफूले सकेको सहयोग गर्न अन्य संघसंस्थालाई समेत आग्रह गरे ।

राउण्ड टेवल नेपालले विगतमा पनि २ सयभन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री प्रदान गरेको थियो । राउण्ड टेवलले मुलुकका अन्य क्षेत्रमा समेत सामाजिक कार्य गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर