AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कात्तिक २२ मा एमाले मोरङको शुुभकामना आदानप्रदान कार्यक्रम, अध्यक्ष ओली प्रमुख अतिथि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ कार्तिक २०७८, शुक्रबार १७:५८
801
Shares
विराटनगर / नेकपा एमाले मोरङले दशैं, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडंपर्वहरुको अवसर पारेर शुभकामना आदान प्रदान गर्ने भएको छ ।

यहि कात्तिक २२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । हरेक वर्ष तिहार अघि गर्दै आएको कार्यक्रम यस वर्ष भने तराईबासीहरुको महत्वपूर्ण पर्व छठलाई मध्येनजर गर्दै आयोजना गरिएको हो । विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यक्रमलाई २ चरणमा विभाजन गरिएको छ । ११ बजेदेखि ३ बजेसम्म पार्टीमा आवद्ध नेता कार्यकर्ताहरुसँग वैचारिक कार्यक्रम र ३ बजे पछि सम्पूर्ण शुभेच्छुक, राजनैतिक दलहरु, उद्योगी, व्यवसायी, नागरिक समाज, बुद्धिजीविलगायत सवैसँग शुभकामना आदान प्रदान गरिने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए । उनका अनुसार आज बसेको पार्टीको वैठकले कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न जिम्मेवारी बाँडफाँट समेत गरेको छ ।

एमाले मोरङको आयोजना तथा एमाले विराटनगर महानगर कमिटीको व्यवस्थापनमा हुने कार्यक्रमका लागि हल व्यवस्थापन, प्रचार प्रसार, स्वयंसेवक परिचालन गायतका कामको जिम्मेवारी तोकिएको छ । जस अनुसार एमाले मोरङका कार्यालय सदस्य बाबुराम कार्कीको संयोजनमा महानगर कमिटीले व्यवस्थापनको जिम्मेवारी ग्रहण गर्ने भएको छ । यस्तै एमाले मोरङका सचिवालय सदस्य रुपेश खतिवडाको संयोजनमा प्रेस चौतारी मोरङले प्रचार प्रसारको काम गर्ने छ ।

नेपाल खेलकुद महासँघका वरिष्ठ उपाध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा युवा संघका उपाध्यक्ष रविन थापा, अनेराश्ववियूका उप महासचिव भाष्कर खनाल अनेमसंघका तर्फबाट नेता विमला घिमिरे, युवा संघका नेता मुकेश बुढाथोकीलाई स्वयंसेवक परिचालनको जिम्मेवारी दिइएको छ ।

एमाले मोरङका सदस्य महेश भट्टराईको संयोजकत्वमा खाद्य व्यवस्थापन र संविधानसभा सदस्य, एमाले मोरङ जिल्ला कमिटी सदस्य तथा जनसांस्कृतिक महासंघकी नेतृ मधु गुरुङ्गको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ । कम्तिमा ५ हजार नेता कार्यकर्ताको उपस्थिती रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर