ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

इस्लामी संघले महिला हक अधिकारको विषयमा राष्ट्रव्यापी अभियान चलाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७८, बिहीबार २०:१०
144
Shares
विराटनगर /इस्लामी संघ नेपालले महिला हक अधिकार र उनको दायित्वको विषयमा राष्ट्रव्यापी अभियान चलाउने भएको छ ।

संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै देशभर मुस्लिम महिलाहरुको अधिकारबारे सचेतना कार्यक्रम आगामि फागुन २० देखि २६ गतेसम्मे हुने जानकारी दिएको हो ।

यो अभियानमा मुस्लिम समुदायको बसोबास रहेका पालिकाहरुका अगुवाहरुसँग बैठक र छलफल गर्ने, कर्नर मिटिङ गर्ने, चौकचौतारामा सार्वजनिक उपदेश दिने, स्कुल, मदरसा र कलेजहरुमा कार्यक्रम गर्ने, सामाजिक संजालमा सन्देशहरु प्रसारण गर्ने र स्थानीय महिलाहरुलाई कार्यक्रममार्फत जागरुक गराइने छ ।

अभियानका संयोजक जुल्फकार अली फलाहीले अभियानले मुस्लिम समाजमा महिला अधिकार र दायित्वको सम्बन्धमा चेतनामा परिवर्तन आउने बताए । ‘सकारात्मक परिवर्तन आउने विश्वास छ,’ उनले भने, ‘यी कार्यक्रमहरु मार्फत महिलालाई उचित सम्मान र स्थान दिइनेछ, उनीहरुसँग दुव्र्यवहार तथा अन्याय न्यून हुनेछ ।’

अभियानले महिलाहरुको हकको पूर्ण प्रत्याभूति गरिने, महिलाहरुमा धर्मपरायणता, धार्मिकता, धार्मिक अभिमान र सामाजिक मूल्य मान्यताको पालना गर्ने प्रवृत्ती बढ्ने, सामाजिक सेवाहरुमा महिलाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्षम हुने, छोरीहरुलाई उच्च शिक्षा दिने वातावरण अनुकूल बन्ने, दाइजो प्रथाबाट मुक्ति मिल्ने, सासु–बुहारी, नन्द र भाउजु वा अन्य महिलाबीचको हिंसा कम हुने, विधवा तथा अनाथप्रति समाजको दृष्टिकोण बदलिने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर