विराटनगरमा कोरोना कारण थप एक जनाको मृत्यु , विराटनगरमा मृत्यु हुनेको संख्या २० पुग्यो

खबर पूर्वाञ्चल, १ आश्विन २०७७, बिहीबार १२:३९

विराटनगर / कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगरका एक पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

विराटनगर महानगरपालिका– ६ का ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको थियो । मृत्युपश्चात स्वाब संकलन गरेर जाँच गर्दा आज बिहान पोजेटिभ रिपोर्ट आएको अस्पतालका आइसोलेसन इञ्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले ती पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर हुँदै कोशी र्पुयाएका थिए । लाईफगार्ड अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई कोशी अस्पताल पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५